डुबानका कारण करोडौँको क्षति बेहोर्न बाध्य सुस्तावासीले क्षतिपूर्तिबापतको रकम पाउने
नवलपरासी, पश्चिम नवलपरासीमा गत वर्ष भएको डुबानका कारण करोडौँको क्षति बेहोर्न बाध्य सुस्तावासीले क्षतिपूर्तिबापत रु दुई करोड ४६ लाख १२ हजार रकम प्राप्त गर्ने भएका छन् ।
नेपाल सरकार सिँचाइ मन्त्रालयमार्फत सो रकम उपलब्ध गराउन लागिएको हो । क्षति बेहोरेका किसानले गण्डक सिँचाइ व्यस्थापन डिभिजन कार्यालयमार्फत उक्त रकम पाउने छन् ।
धेरै मेहनतपछि मात्र रकम निकासा गर्न सकिएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । बर्सेनी डुबानमा पर्ने र क्षति बेहोरिरहेका पीडित किसानले क्षतिपूर्तिबापतको रकम पाउने भएपछि खुशी व्यक्त गरेका छन् ।
किसानले रकम निकासा पाउने भएपछि गाउँपालिका कार्यालयसहित सबै सरोकारवाला निकायप्रति खुशी व्यक्त गरेका छन् । गत वर्ष डुबानमा परेका सुस्ता गाउँपालिका वडा नम्बर १ र २ लगायत विनयी त्रिवेणीको ६ र ७ का पीडित किसानले क्षतिपूर्तिबापतको रकम पाउने छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया