छिटो सुनचाँदी ऐन बनाई लागु गर्न नुवाकोट सुनचाँदी व्यवसायिको माग

विदुर खबर २०७५ असार ३१ गते १४:२३

नुवाकोट÷नुवाकोट सुनचाँदी व्यवसायी संघले सुनचाँदीको खरिदविक्री,आयात निर्यात, उत्पादन र ओसारपसारमा आवश्यक ऐन अहिलेसम्म निर्माण नभएको भन्दै प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापा समक्ष आज ज्ञापनपत्र बुझाएको छ ।

Advertisement

सुनचाँदी व्यवसायिहरुले ऐन कानुनको अभावमा आफुहरुमा त्रास र अन्यौल वातावरणको सिर्जना भएको भन्दै प्रजिअ समक्ष ५ बुँदे ज्ञापनपत्र पेश गरेको छ । सुनचाँदी व्यवसायीहरुले आफुहरुमा राजश्व छलि, गुणस्तर विभाग र केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी) ले दुख दिने गरेको भन्दै प्रजिअ थापासमक्ष छिटोभन्दा छिटो सुनचाँदी ऐन बनाई लागु गर्न माग गरेको नुवाकोट सुनचाँदी व्यवसायी संघका अध्यक्ष भिमराज बज्राचार्यले बताउनुभयो ।

सरकारले दैनिक २० किलोमात्र सुन आयात गर्न दिएको भन्दै व्यवसायीहरुले त्यसले बजार धान्न नकिएको भन्दै ३०÷४० किलो बनाउन माग समेत गरेका छन । सुनचाँदस् व्यवसायीहरुले बैकलाई मात्र सु्न ल्याउन दिएर सरकाले एकाधिकार कायम भएको भन्दै त्यसलाई अन्त्य गर्न समेत माग गरेको छ । व्यवसायीहरुले गहना निर्माण गरि ग्राहकलाई गुणस्तरर मापन गर्ने टच मेशिन आएपनि त्यसले दिएको रिर्पाेटको आधिकारीकता र सरकारी मान्यता नपाएको भन्दै त्यसलाई मान्यता दिन माग गरिएको छ । त्यस्तै व्यवसायीले कानुन र संविधान दायरामा रहेर गरिएको व्यापार व्यवसायलाई अनुसन्धान र छानविनको नाममा आतंक नफैलाउन समेत सबै पक्षसँग माग गरिएको छ ।

Advertisement

प्रतिक्रिया