चिनियाँ पक्षले मितेरी पुलसम्म नै सामग्री ल्याइदिने गरी नाका खोल्ने सहमति
रसुवा ।चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी एक हप्ताभित्रै सञ्चालनमा आउने भएको छ ।
चिनियाँ पक्षले मितेरी पुलसम्म नै सामग्री ल्याउदिनेसहित केही शर्त पालना गर्ने गरी नाका खोल्ने सहमति भएको हो । रसुवा र जिलोङ काउन्टीको स्थानीय प्रशासनबीच बुधबार बसेको सीमा सुरक्षा बैठकले उच्च सुरक्षा सतर्कता अपनाएर नाका खोल्ने सहमति गरेको छ । सीमामा व्यापारिक गतिविधि बढेपछि कोरोना सङ्क्रमण पनि फैलन सक्ने भएकोले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर नाका खोल्ने सहमति भएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा नेपाली पक्षले चिनियाँ पक्षलाई १५ जना चालक र १५ जना कामदारको विवरण उपलब्ध गराउनुपर्ने छ ।
नाका सञ्चालनमा आएपछि मितेरी पुलसम्म चिनियाँ पक्षले नै सामग्री ल्याइदिने छन् । सुरुमा ट्रायलका लागि चिनियाँ चार वटा ट्रकले सामग्री लिएर मितेरी पुल आउने उहाँको भनाइ छ । मितेरी पुलमा सामग्री लिन जाने चालक तथा लोड अनलोडका लागि जाने कामदारको दैनिक परीक्षण गरिने उहाँले बताउनुभयो । मितेरी पुललाई यात्रु ‘प्यासेन्जर’ निषेधित क्षेत्र बनाइने छ ।
विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण गएको माघ १५ गतेदेखि रसुवागढी नाका औपचारिक रूपमा बन्द भएको थियो । यसअघि सरकारले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका एकसाथ सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । तर चीनबाट सामग्री आयात गर्दा कोरोना भित्रने सक्ने त्रासमा स्थानीयले विरोध गरेपछि तातोपानी नाका मात्रै सञ्चालनमा आयो ।
नाका सञ्चालनमा नआउँदा तीन महिनादेखि राजस्व सङ्कलन हुन नसकेको कार्यालयले जनाएको छ । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ भने बाँसको मुढा, काठका सामग्री, हस्तकलाका सामग्री पनि निर्यात हुने गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया