तामेका क्यान्सर पिडित बालकलाई तादी गाउँपालिकाको ५० हजार सहयोग
विदुर । नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ४ तामेका १७ वर्षिय सिताराम कुइकेललाई तादी गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
विगत दुई महिनादेखि ब्लड क्यानसरबाट पिडित भएका उनलाई गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले उपचार खर्च वापत ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन । कमजोर आर्थिक अवस्था भएका कुइकेललाई सबैले मिलेर सहयोग गर्नुपर्नेमा गाउँपालिकाका अध्यक्ष पाण्डले जोड दिए ।

क्यान्सरबाट पिडित भएका कुइकेल ।
यसैविच कुइकेलको जीवनरक्षाको लागि सहयोग संकलन शुरु गरिएको छ । उनको आर्थिक अवस्था नाजुक रहेको भन्दै सहयोग रकम संकलन अभियान शूरु गरिएको तादी गाउँपालिका काठमाण्डौ सम्पर्क समितिले जनाएको छ ।त्यस्तै क्यान्सर पिडित बालक सितारामले समेत आफ्नो आर्थिक अवस्था राम्रो नभएकोले उपचार गर्न कठिन भएको भन्दै सहयोग गर्न अपिल गरेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया