कृषिमा आत्मनिर्भर बन्दै रसुवाको उत्तरगयाका किसान
रसुवा । उत्तरगया गाउँपालिका –४ कुवापानीकी बिमला ढकालले २०५२ मा व्यवसायीक रुपमा कृषि कर्म सुरु गरिन् ।
उनले सुरुमा आलु खेती गरिन । अहिले काउली, बन्दा, गाजर, काक्राेलगायत तरकारी खेती छ । समय समयमा बारीमा घिरौला, पालुङ्गो , रायाे साग जस्ता तरकारीहरू पनि छन् । चारवर्ष अघिसम्म ढकाललाई आफुले उत्पादन गरेको तरकारी बिक्रीकाे लागि कहाँ लैजाने भन्ने चिन्ता हुन्थ्यो । ‘दुई भारी तरकारी भएपछि चिन्ता सुरु हुन्थ्यो’ उनले भनिन् ‘बेच्नलाई बजारको समस्या थियो ।’ तैपनि उनी गाउँमा तरकारी संकलन गर्थिन ।
गाउँपालिकामा जननिर्वाचित जनप्रतिनिधि आएपछि गाउँ गाउँमा कृषि सडक पुगेको छ । उनले भनिन ‘उत्पादित आलु र तरकारी कर्मिडाडाँ, पैरेबेशी, बेत्रावतीलगायतका स्थानीय बजारसम्म पु¥याउछु ।’ उनले वार्षिक दुई लाख रूपियाँसम्म आम्दानी गरेकाे बताइन् । पहिले बढी उत्पादन हुदाँ बेच्न समस्या हुन्थ्यो । गाउँ सडक सञ्जालमा जोडिएपछि बजारकाे माग अनुसार उत्पादन हुन सकेको छैन । आफुले कमाएको पैसा घरायसी काममा खर्च गरेर केही बचत गर्ने गरेको ढकालले बताइन । ढकालसँग व्यवसायीक तरकारी खेती सुरु गर्दा पाँच रोपनी मात्र जग्गा थियो । अहिले लगभग १० रोपनी पुगिसकेको छ । ‘पहिला हाकु, गोगने, तिरु र लाङबुसम्म दुई दिन लगाइ आलुको बीउ लिन जानुपर्ने बाध्यता थियो । अहिले त आफुलाई चाहिने आलुकाे बीउ कोल्ड स्टोरमा राख्छौ’ उनले भनिन । उनले तरकारी खेती थाल्दा गाउँका अरु कसैले थालेका थिएनन् । स्थानीय तहले घरदैलाेमा सेवा प्रबाह गरेपछि कृषिका बिभिन्न पकेट क्षेत्र घोषणा भयो । प्राबिधिक सेवा पाएर उत्पादन बढाउने कुरा विस्तारै किसानले बुझ्दै गए । अहिले त्यहाँ १० परिवारले तरकारी खेती गरेर बजारमा बिक्रीका लागि लैजान्छन् । उत्तरगयाँ गाउँपालिका–४ पैरेवेशीकी सुमित्रा पौडेलले गाउँपालिकामा जनप्रतिनिधि आएपछि कृषिमा धेरै सहज भएको बताइन् । पाँच वर्षदेखि तरकारी खेती र पशुपालन क्षेत्रमा लागेकी सुमित्रालाई गाउँपालिकाको कृषि शाखाले कृषिमा अनुदान दिएपछि थप उत्साह बढ्याे । गत वर्ष काक्रो, करेला, बोडी, सिमी र फर्सीको बीउ दिइएको थियो । कृषि शाखाले दिएको विभिन्न सीप विकास तथा उद्दमी तालिममा सहभागी हुने मौका पनि उनले पाएकी छिन् । त्यसबाट उनलाई कृषिमा आएको समस्या बारे बुझ्ने अवसर पनि मिलेको छ ।
पहिला गाउँ घरमा कृषि प्राविधिक भेटिदैन थिए । उनले भनिन ‘अहिले तरकारी र आलु बालीमा समस्या भएमा एक कल फोनको भरमा प्राविधिक घरमै आइपुग्छन् ।
गाउँमै बीउ अनुदान र प्राविधिकको सल्लाह पाए अनुसार खेती गरेकोले यसपटक ६ बोरा आलु रोपेको ठाउँमा ७० बोरा बेचेकाे छु ।’ उनी समाज सेवा पनि गर्छिन र बाँकी रहेको समय कृषि पेशा अँगाल्दा उनलाई जिवीकामा सहज भएकाे छ । यहि पेशाबाट उनको ५ जनाको परिवार पालिएको छ र छोरा छोरीले पढ्न सहज भएकाे छ । वार्षिक एक लाख रूपियाँसम्म बचत हुने गरेको उनले बताइन । उत्तरगया गाउँपालिका-४ की राधिका ढकालले गाउँपालिकामा जनप्रतिनिधि आएपछि कृषकलाई सहज भएको बताइन । कृषि शाखाले वितरण प्रणालीलाई व्यवस्थित बनाउन सके अझै प्रभावकारी हुने उनले बताइन । ‘पहिला वीउ विषादीको लागि दिन बिताएर बेत्रावती र त्रिशूली बजारसम्म धाउनु पथ्र्यो । अहिले वडा वडामा माग गर्न पाइएको छ’ उनले भनिन ।
गाउँ पालिकाको सबै वडा पकेट क्षेत्र उत्तरगया गाउँपालिकामा तिन वर्ष अघिसम्म परम्परागत शैलीमा खेती हुन्थ्यो । गाउँपालिकाले पहिलो वर्ष नै विकास निर्माण र कृषिलाई प्राथामिकतामा राखेर बजेट विनियोजन ग¥यो । कृषि शाखाका प्राविधिकले हरेक क्षेत्रमा पुगेर सेवा दिन सुरु गरे । गाउँपालिकामा रहेको पाँच वटै वडामा कृषिको सम्भावना पहिचान ग¥यो । त्यसपछि शाखाले पाँच वटै वडामा सम्भावनाका आधारमा पकेट क्षेत्र घोषणा सँगै कृषि शाखाले विकास र विस्तारको कार्यक्रम अगाडि बढाएको छ । स्थानीय स्तरमा कृषि उत्पादन बढ्दै तरकारी र आलु बिग्रने समस्यालाई मध्नजर गरी वडा वडामा तरकारी संकलन केन्द्र स्थापना भएको छ । हिउँदमा उत्पादन गरिएका तरकारी र आलु बेच्न बजार समस्या हुँदैन । खेतखेतमा नै ठेकेदार आएर लैजान्छन् ।‘आफुलाई आवश्यक पर्ने आलु कोल्डस्टोरमा राख्छौ, वर्षातको समयमा उत्पादन गरिएका तरकारी गाउँघरमा बिक्री गर्छौ । तरकारी नबिकेर कुहिएर खेर जादैन’ कृषक ढकालले भनिन् । वेमौसमी तरकारी सबैले रुचाउँछन् । एक टन आलु वा अन्य तरकारी भएपनि बिक्न थालेको छ, बिग्रदैन । गाउँपालिकामा जनप्रतिनिधि आउनु पूर्व कृषि कार्यलयमा कृषकको पहुँच थिएन । जिल्लाको पाँच गाउँपालिका मध्ये भौगोलिक बिकट र दुर्गम गाउँपालिकामा सडक सञ्जाल जोडिएको थिएनन् । कतिपय ठाउँमा फोन गर्ने सुविधा पनि थिएन । कृषि सेवा केन्द्र सदरमुकाममा पुग्न कृषकलाई निकै कठिन थियो ।
साविकको जिल्ला कृषि विकास कार्यलय र कृषि सेवा केन्द्रको सेवा बारे धेरै अनभिज्ञ थिए । बाठो टाठोले मात्र सुविधा लिन्थे । गाउँमा उत्पादित आलु बोकेर रसुवा र नुवाकोटको विभिन्न स्थानमा पु¥याउनु पर्ने बाध्यता थियो । स्थानीय सरकार आउनु अघि कृषि कार्यक्रम सञ्चालन गर्ने लहरेपौवा सेवा केन्द्र स्थापना भएको थियो । यो कृषि शाखाको प्रमुख गौरी शंकर रोकाय हुन । शाखा स्थापना पछि त्यहाँ पुगेका थिए र उनले कृषि क्षेत्रमा केही पनि परिवर्तन भएको देखेनन् । तरकारी बाहिरबाट अयात हुन्थ्यो । खेती गर्नेले पनि आफुलाई पुग्ने तरकारी मात्र उत्पादन गर्थे । सुरुमा कृषि शाखा, कृषि प्राविधिक बारे जानकारी दिने काम हुन्थ्यो । सुरुमा शाखाले दिने सेवा सुविधा र कृषि प्राविधिकले दिने सेवा बारे कृषकलाई बुझाइयो । अहिले कृषक कार्यक्रम माग्न शाखामा पुग्छन् । सिजन अनुसार फलफुलका विरुवा र तरकारीको वीउ लिन जान थालेका छन् । शाखाले पनि वितरण गरीरहेको छ । अहिले गाउँगाउँमा आधुनिक कृषि उपकरण औजार पुगेको छ । गाउँपालिका आउनु अघिको कृषक र कृषि प्राविधिक बीचको समस्या समाधान भएको छ । पूराना प्रविधिलाई विस्तारै हटाउँदै लगिएको छ । मकै छोडाउने, कोदो कुट्ने र खेतबारी जोत्ने कृषि औजार प्रयोग गर्ने कृषक संख्या बढेका छन् । यसले साविकको एउटा गाविसलाई सेवा दिन पनि कठिन हुन्थ्यो । सेवा केन्द्रमा आवश्यक बजेट व्यवस्थापन नहुँदा कार्यक्रम कम मात्र सञ्चालन हुन्थ्यो ।
अहिले कृषि प्राविधिक गाउँ गाउँमा जान्छन्, कृषकलाई भेट्छन् । कृषि शाखाले दिने सेवाबारे बताउँछन् । कृषि शाखाले सिजन अनुसारको खेती लगाउन कृषकलाई प्रोत्साहित गर्छ । आलु रोप्ने समयमा आलुको बीउ, विभिन्न तरकारीका बीउ, धानको बिउ र विषादी वितरण हुन्छ । आलु स्टोरमा राखे वापत र ढुवानी खर्च गाउँपालिकाले दिने गरेकाे छ । बेलावेलामा बाली उपचार शिबिर सञ्चालन गर्छन । त्यसैले व्यवसायिक कृषिमा लाग्ने कृषक बढ्दै गएका छन् । गाउँपालिकाले कृषि र पशुपालन तथा फलफुल खेतीमा आत्मनिर्भर बनाउँन विभिन्न योजना ल्याइएको कृषि शाखाका प्रमुख राजु विश्वकर्माले बताए ।
‘हामीले सामूहिक आउने मागलाई पहिलो प्राथामिकता दिएका छौँ’ उनले भने ‘यसले व्यवसायिक रुपमा हुने कृषि तथा पशुपालनलाई जोड् दिएको छ । यसले व्यक्तिगत रुपमा आएको मागलाई पनि सम्बोधन गरिएको हुन्छ ।’ सामूहिक रुपमा आएको माग भनेको एउटा गाउँमा एकै किसिमको खेती गर्नका लागि आउने निवेदनलाई मान्ने गरेको उनले बताए । २०७२ सालको विनाशकारी भूकम्पको कारण विस्तापित भएर अन्यन्त्र बसोबास गरिरहेका उत्तरगया गाउँपालिका वडा नं १ तिरुका १ सय ६९ घरपरिवार कृषकलाई एकीकृत बस्ती विस्तार गर्न र जिवीकाेपार्जनका लागि ७ हजार किलो आलुकाे बीउ वितरण गरिएको छ । ‘व्यवसायिक रुपमा हुने कृषि तथा पशुपालन र फलफुल खेतीमा जोड दिइ बजेट विनियोजन गरेका छौ कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले आयआर्जनका लागि बजेट छुट्याएर काम गर्दछौँ । कृषकले उन्नत जातका बीउविजन लगाउन थालेका छन् । अझै कृषकको आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्ने योजना छ’ गाउँपालिका प्रमुख उपेन्द्र लम्सालले भने । आलुको बीउ उत्पादन सुरु भएको छ । अहिले सबै स्थानीय तहका १६ स्थानमा आलुको बीउ उत्पादन सुरु भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया