नेकपाका गाउँपालिका अध्यक्षले कुटे कांग्रेसका वडाध्यक्ष


कार्यपालिकाको बैठकमा कुटपिट गर्ने गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीमगर।
रोल्पा । पूर्वी रोल्पास्थित सुनिलस्मृति गाउँपालिकाको कार्यपालिका बैठकमै अध्यक्ष गुणेन्द्र घर्तीमगरले एक वडाध्यक्षमाथि आक्रमण गरेका छन् । शनिबार आयोजित गाउँपालिकाको १४औं कार्यपालिका बैठकमा निर्णय गर्ने क्रममा अध्यक्ष घर्तीमगरले ४ नं वडाध्यक्ष गञ्जबहादुर महरा क्षत्रीमाथि कुटपिट गरेका हुन् ।
लकडाउनको अवधिमा बैंकहरु खुलाउने दिन तोक्न निर्णय गर्ने विषयमा प्रवेश गर्ने क्रममा बैठकको अध्यक्षता गरिरहेका घर्तीमगरले आक्रोशित हुँदै वडाध्यक्ष क्षत्रीमाथि एक्कासि आक्रमण गरेका हुन् । वडापालिका स्तरीय निर्णयका आधारमा बैंकहरु सातामा दुई दिन खुलाउने निर्णय यसअघि नै भइसकेको थियो । बैठकमा सहभागी प्रत्यक्षदर्शी वडा नं १ का अध्यक्ष केशव कंवरले अध्यक्ष घर्तीमगरलाई रोक्न सकेकाले थप दुर्घटना नभएको बताए । ‘करिब ३ मिटर पर रहेका अध्यक्षले एक्कासि वडाध्यक्ष क्षत्रीमाथि आक्रमण गरे,’ उनले भने, ‘जनप्रतिनिधि र कर्मचारी मिलेर रोक्दा पनि वडाअध्यक्ष क्षत्रीमाथि हातले हिर्काउनुभयो ।’ बैठकमा एजेन्डापिच्छे छलफल भइरहेकाले आक्रोशित भई आक्रमण गर्नुपर्ने कुनै वातावरण नभएको उनको भनाइ छ ।
सुलिचौर बजारका कुनकुन बैंक खोल्न सहमति दिने र सघाउने भन्नेबारे छलफल सुरु हुनासाथ आक्रमण भएको थियो । ‘एक्कासि ममाथि आक्रमण गरेपछि मात्रै थाहा भयो’, कुटपिटमा परेका वडाअध्यक्ष क्षत्रीले भने, ‘अध्यक्षले हातले टाउको र जिउमा हिर्काएपछि सबैले देखे ।’ घटनालगत्तै उपाध्यक्ष बागमती थापा क्षत्रिनी र प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्देलगायतले अध्यक्ष घर्तीमगरलाई नियन्त्रणमा लिएका थिए । हल्लाखल्ला भएपछि नजिकै रहेको इलाका प्रहरी कार्यालयबाट बैठक स्थलमा प्रहरी पुगेको थियो । पीडित वडाअध्यक्ष क्षत्रीले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । ‘उहाँले न्याय माग्दै ठाडो उजुरी दिनुभएको छ,’ इलाका प्रहरी कार्यालयका प्रमुख प्रनि सुरेन्द्र धमलाले भने, ‘छलफल गरेर कुरा मिलाउने प्रयास गरिएको छ भन्ने सुनेको छु । यहाँ कोही अएको छैन ।’
नेकपा गाउँपालिका स्तरीय कमिटीका अध्यक्ष मणिराम बुढाथोकीले घटनाबारे सामान्य जानकारी पाएको बताए । ‘घटना भएको सुनेको छु’, उनले भने, ‘यसबारे थप बुझ्ने क्रममा छु । घटना दुःखद् छ ।’ स्रोतका अनुसार यसअघिदेखि नै दुवैबीच सुमधुर सम्बन्ध थिएन । अध्यक्ष घर्तीमगर तत्कालीन नेकपा माओवादीका तर्फबाट निर्वाचित भएका थिए भने वडाअध्यक्ष क्षत्री कांग्रेसबाट निर्वाचित हुन् । घर्तीमगर माओवादी लडाकुका पूर्व कमान्डरसमेत हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया