नुवाकोट घोरल प्रकरण : हराएको वन कार्यालयको दाबी,स्थानिय भन्छन् भाग्नै सक्ने अवस्थामै थिएन
नुवाकोट । डिभिजन वन कार्यालय नुवाकोटबाट यहि २४ गते हराएको घोरल हराएको प्रकरणबारे वन कार्यालले आईतबार मुख खोलेको छ ।

घोरल हराएको विषयमा पत्रकार सम्मेलन गर्दै वन कार्यालयका कर्मचारीहरु ।
कार्यालयले आईतवार पत्रकार सम्मेलनको आयोजना गरि घोरल हराएको दाबी गरेको छ । विभिन्न सामाजिक संजाल लगायतका केहीको मिलेमतोमा घोरल काटेर खाएको आरोप लगाएको वन कार्यालयले घोरल कार्यालय परिषरमा रहेको खोरबाट नै हराएको भन्दै वन कार्यालयले दाबी गरेको छ । कार्यालयका प्रमुख जयमंगल प्रसादले पत्रकार सम्मेलनमा बोल्दै घोरल खोरबाट नै हराएको दाबी गरेका हुन । उनले सोही दिन रातको १० बजे घोरल खोर फत्काएर फरार भएको भन्दै खोजविन गर्दा समेत नभेटिएको बताए ।
त्यस्तै वन कार्यालयका सुचना अधिकारी लोकनाथ न्यौपानेले हराएको सुचना पाउने वित्तिकै प्रहरी र कार्यालयका कर्मचारी मिलेर खाजी गरेपनि घोरल भेट्टाउन नसकिएको बताए । उनले खोजतलास गर्दा कार्यालय परिषरमा घोरलको खुरको डोब देखिएको भन्दै घोरलले खोर भत्काएर भागेको दाबी गरे ।
तर घोरल भेटिएको शिवपुरी गाउँपालिका वडा नम्बर ५ त्रिवेणी धामका स्थानियबासीले भने घोरलले खोर भत्काएर भाग्नै नसक्ने अवस्थामा वन कार्यालयले लगेको भन्दै वन कार्यालयको कुरामा विश्वास गर्नै नसकिने बताएका छन । स्थानियबासीले वन कार्यालयका कर्मचारीले घोरल काटेर खाएको हुन सक्ने भन्दै वन कार्यालयको दाबीमा समेत सत्यता नरहेको भन्दै आपत्ति जनाएका छन ।

घोरल हराएपछि देखिएको खोरको अवस्था ।
वन कार्यालयमा रहेको फलामे खोरबाट घोरल हराएको समचार वाहिरिएपछि सामाजिक संजालमा डिभिजन वन कार्यालय नुवाकोटको आलोचना हुन थालेको छ ।
यस्तो छ कार्यालयको विज्ञप्ती ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया