नुवाकोटमा एकहजारभन्दा बढी होम क्वारेन्टाइनमा
नुवाकोट । नुवाकोटमा एकहजाभन्दा बढी मानिसहरु होम क्वारेनटाइनमा रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा एक हजार एकसय ७७ जना होम क्वारेनटाइनमा रहेका छन । जसमध्ये सबैभन्दा बढी म्यागङ गाउँपालिकामा ४ सय १० जना रहेका छन भने ककनी र शिवपुरी गाउँपालिकाका कोहीपनि होम क्वारेनटाइनमा रहेका छैन । पछिल्लो एकसाता यता काठमाण्डौबाट नुवाकोट धेरै मानिसहरु भित्रिएका कारण होम क्वारेनटाइनसमा बस्ने व्यक्तिहरुको संख्या बढेको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिए । पछिल्लो एक साता यता लकडाउनका कारण काठमाण्डौमा फसेका नुवाकोटेहरुलाई काठमाण्डौबाट विभिन्न राजनितिक दलका नेताहरुल वस रिर्जभ गरेर नै जिल्ला भित्राएपछि क्वारेनटाइनमा बस्नेहरुको संख्या बढेको उनको भनाई छ ।
स्वास्थ्य कार्यालयका अनुसार होम क्वारेनटाइनमा बस्नेहरुको संख्या सबैभन्दा बढी म्यागङ गाउँपालिका रहेको छ । त्यहाँ होम क्वारेनटाइनमा बस्नेहरुको संख्या ४ सय १० जना रहेका छन । त्यस्तै किस्पाङ गाउँपालिकामा २ सय २६ जना,दुप्चेश्वर गाउँपालिकामा एकसय ४० जना,विदुर नगरपालिकामा एकसय २९ जना र तारकेश्वर गाउँपालिकामा एक सय ५ जना रहेका छन । त्यस्तै तादी गाउँपालिकामा एकसय जना,सुर्यगढी गाउँपालिकामा ५१ जना,बेलकोटगढी नगरपालिकामा ७ जना,लिखु गाउँपालिकामा ८ जना र पन्चकन्या गाउँपालिकामा एकजना रहेका छन ।
जिल्ला स्वास्थ्य कार्यालयले जिल्लामा एकहजार एकसय ७७ जना होम क्वारेनटाइनमा रहेको बताएपनि यो तथ्याङमा विश्वास गर्न नसकिने सरोकारवालाहरु बताउँछन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
देशभर बदली, कोशी–बागमतीमा मध्यम वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना





प्रतिक्रिया