नुवाकोटमा विदेशबाट फर्किएका ३२ जना होम क्वारेन्टाइनमा
नुवाकोट । नुवाकोटमा विदेशबाट फर्किएकाको लगत संकलन गरी होम क्वारेन्टाइनमा राख्न थालिएको छ ।
कोरोना भाइरस (कोभिड—१९) को संक्रमणको खतरालाई न्यूनीकरण गर्न बिहीबारसम्म ३२ जनालाई होम क्वारेन्टाइनमा राखिएको जिल्ला सुरक्षा समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए । विदेशबाट फर्किनेमा सबैभन्दा बढी विदुर नगरपालिकाभित्रका छन् । नगरमा २२ जना विदेशबाट आएको तथ्यांक छ । त्यसैगरी तादी गाउँपालिकामा १ जना, तारकेश्वरमा ३ जना, लिखु गाउँपालिकामा ३ जना र बेलकोटगढी नगरपालिकामा ३ जना छन् ।
जिल्लाका १२ वटै स्थानीय तहका वडा कार्यालयले लगत लिने र स्वास्थ्य परीक्षण गराउने कार्य भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर घिमिरेले बताए । दुबईबाट १०, भारतबाट १०, कतारबाट ३, मलेसिया ४, साउदीबाट १, जापानबाट १ र पोर्चुगलबाट १ जना जिल्ला भित्रेका छन् । विनपा ५ र तारकेश्वर गाउँपालिका जोरचौताराका १/१ जना कुन देशबाट आएको भन्ने खुलेको छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया