आजदेखि उच्च पहाडी भुभागमा पानी पर्ने सम्भावना

विदुर खबर २०७६ माघ १४ गते ८:३५

नुवाकोट ।  आजदेखि फेरि पश्चिमी वायुको प्रभाव सुरु भएको छ । मङ्गलबार देशका केही ठाउँमा पानी र हिउँ पर्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । । देशका केही पश्चिमी र मध्य तथा पूर्वका एकदुई ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

यस्तै मध्य र पूर्वको भने उच्च हिमाली भेगमा मात्रै पानी पर्ने अनुमान छ । पश्चिमी न्यून चापीय प्रणालीको असरले आज देशभरिकै मौसम पूर्णरुपमा खुल्ने सम्भावना निकै कम छ । बुधबारसम्ममा पूर्वमा पनि न्यून चापीय प्रणाली फैलने भएकाले बुधबार भने देशभरिकै मौसम बदली हुनेछ । मङ्गलबारभन्दा बुधबार धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

प्रतिक्रिया