पञ्चकन्या सहकारी सम्मानबाट श्रेष्ठ सम्मानित
विदुर – पञ्चकन्या सहकारी सम्मानबाट सहकारी अभियन्ता पूर्णलाल श्रेष्ठ सम्मानित भएका छन् ।
पञ्चकन्या बचत तथा ऋण सहकारीको २०औं साधारणसभाको अवसरमा प्रमुख अतिथी विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नुवाकोट जिल्लाको सहकारी क्षेत्रमा योगदान पुर्याएकोमा जिल्ला सहकारी संघका पूर्व अध्यक्ष श्रेष्ठलाई सम्मान गरेको हो ।
श्रेष्ठले २०५६ सालदेखि ०६३ सम्म जिल्ला सहकारी संघको अध्यक्ष पदमा रही नुवाकोट जिल्लामा सहकारीको विकासमा अहम् भूमिका खेलेका थिए । सहकारीको अवधारणा अनुसार एक सहकारी एक सदस्यलाई मान्यता दिंदै विदुर कल्याणकारी बहुमुखी सहकारीमा आबद्ध रही सहकारी अभियानमा लागेका छन् ।
समारोहमा गत आवमा असल ऋण कारोबार गरेकोमा सुमन पाठकलाई “उत्कृष्ट ऋणी सदस्य” र असल बचत गरेकोमा कृष्णबहादुर थापालाई “उत्कृष्ट बचतकर्ता सदस्य”बाट सम्मान गरेको छ ।
सहकारीका अध्यक्ष रमेश श्रेष्ठले जिल्लामा सहकारी अभियानमा उल्लेख्य योगदान गर्ने व्यक्तित्वलाई यसैवर्षबाट रु.१० हजार नगद राशी रहने “पञ्चकन्या सहकारी सम्मान”को सुरुवात् गरेको जानकारी दिए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया