नुवाकोटको त्रिशुलीबाट लागुऔषधसहित दुई युवक पक्राउ
विदुर खबर
२०७६ पुष १४ गते १८:२३
विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ त्रिशुली बसपार्कबाट लागु औषधसहित २ युवक पक्राउ परेका छन ।
पक्राउ पर्नेमा विदुर नगरपालिका वडा १ त्रिशुलीका १० वर्षिय रमेश केशी(नाम परिवर्तन) र २१ वर्षिय रोहित तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अभिनारायण काफ्लेले जानकारी दिए । गस्तीमा रहेको प्रहरी टोलीले शंका लागेपछि चेकजाँच गर्दा उनीहरुको साथबाट निट्राभेट नामक लागु औषध ५५ थान र सिरिन्ज २ थान फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
पक्राउ परेका युवकहरुलाई लागू औषध कसूर अन्तर्गत मुद्दा दर्ता गरि जिल्ला अदालतबाट म्याद गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार
रसुवामा नौ जनाको धरौटी जफत





प्रतिक्रिया