रसुवामा भालुको आक्रमणबाट एक वृद्ध घाईते
विदुर खबर
२०७६ मंसिर २७ गते १६:५३

रसुवा । रसुवामा भालुको आक्रमणबाट एक बृद्ध घाईते भएका छन ।
घाईते हुनेमा गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ टिमुरेका दुब्ले तामाङ रहेको सहायक प्रमुख जिल्ला अधिकारी सपना कुमारी भट्टराईले जानकारी दिइन ।
सहायक प्रजिअ भट्टराईका अनुसार गोठमा बसीरहेके अवस्थामा तामाङलाई भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट तामाङको टाउको,नाक हात र अनुहारमा चोटपटक लागेको छ ।
घाईते भएका तामाङलाई टिमुरे स्वास्थ्य चौकीमा सामान्य उपचार गरेपछि थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको छ ।
पछिल्लो समय रसुवामा भालुको आ्रकमण बढेपछि प्रहरी परिचालन गरिएको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया