वेलकोटगढीको पेटारेमा विप्लव माओवादीद्धारा एनसेलको टावरमा आगजनी

विदुर खबर २०७६ साउन १६ गते १५:०७

Timure Yatayat Busनुवाकोट, नुवाकोटको वेलकोटगढी नगरपालिका वडा नम्बर ४ को पेटारे भन्ने स्थानमा रहेको एनसेलको टावरमा विप्लव माओवादीले विहिबार विहान आगजनी गरेको छ ।

Advertisement

आगलागीको कारण टावरमा रहेको सोलार प्यानल, ब्याट्री लगायतका सामाग्री पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक तथा प्रहरी प्रमुख कृष्ण पल्लीमगरले जानकारी दिए । बिहीवार विहान करिव १२ बजेपछि टावरमा आगजनी भएपनि प्रहरी भने घटनास्थलमा भने प्रहरी दिउँसो २ बजेपछि मात्र पुगेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटनाको जिम्मा विप्लव माओवादी नुवाकोटले लिएको छ ।

प्रतिक्रिया