बेलकोटगढीको काशीटारमा व्यापक नदि दोहन, प्रशासन मौन
काशीटार असार २९, नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ८ काशीटारमा व्यापक रुपमा नदि दोहन भएपनि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला समन्वय समिति मौन देखिएको छ ।

गत साता मात्र असारदेखि भदौसम्म ३ महिना नदिजन्य पदार्थको उत्खननमा रोक लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय नदीहरुमा व्यापक रुपमा दोहन हुँदा समेत मौन देखिएको छ । जिल्लाको काशीटार,रातमाटे,कोल्पुटार लगायतको स्थानमा व्यापक रुपमा राती नदि दोहन हुँदा समेत प्रहरी र प्रशासन मौन रहेका छन । रातको समयमा तस्करहरु खोलामा पस्ने गरेकोले आफुहरु दैनिकजसो धपाउन जाने गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी कृष्णपल्ली मगरले जानकारी दिए ।

तस्करहरु विशेषगरि वेलकोटगढी नगरपालिका वडा नम्बर ८ मा रहेको रातडाँडा पेटापाखा बन उपभोत्ता समितिको बनमा रहेको सिसौघारीमा केन्द्रित भएको एक स्थानियबासीले विदुरखबरलाई जानकारी दिए । तस्करहरुले अवैध नदीजन्य पदार्थको उत्खनन गरेको थाहा पाउँदा पनि जिल्लाका प्रहरी र प्रशासन मौन छन नाम उल्लेख नगर्ने सर्तमा एक स्थानियले बताए ।
सिसौघारीको अवैध उत्खननमा वन उपभोत्ता समितिदेखि वडा नम्बर ८ का वडाअध्यक्ष भोज प्रसाद पुडासैनीको समेत संलग्नता रहेको स्थानियवासी बताउँछन । काशीटारको विभिन्न स्थानमा जनप्रतिनिधिको आडमा तस्करी हुने गरेको उनले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया