नुवाकोटमा पेट्रोलिय व्यवसायीको दादागिरी, प्रशासन मौन
नुवाकोट असार १८, जिल्ला प्रशासन कार्यालय मौन रहदा नुवाकोटमा रहेका पेट्रोलिय व्यवसायीले दादागिरी देखाउन थालेका छन ।
जिल्लामा व्यवसायीहरुले सरकारले निर्धारण गरेको भन्दा बढी मूल्यमा नुवाकोटमा पेट्रोलियम पदार्थ बिक्री गर्दै आएका छन । सरकारले तोकेको दरभन्दा बढी पैसा असुल्ने गरेपनि स्थानि प्रशासनले ध्यान नदिँदा सवारी चालक र उपभोक्ता ठगिँदै आएका छन् । बढी मूल्य नलिन प्रशासनले आग्रह गरेपनि व्यवसायीले अटेर गर्दै आएका छन । जिल्ला प्रशासनले पेट्रोल बिक्री वितरण गर्ने व्यवसायीहरुलाई गत माघमा बोलाएर छलफल गरेको थियो । छलफलमा व्यवसायीहरुले एक हप्ताभित्रै सरकारी मूल्य अनुसार नै पेट्रोलियम पदार्थ विक्री वितरण गर्ने प्रतिबद्धता जनाएपनि अझै कार्यान्वयन हुन सकेको छैन ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले आफु जिल्लामा आएको धेरै समय नभएको भन्दै सम्बन्धित निकायसँग जानकारी लिने बताए । उनले व्यवसायीहरुसँग छिट्टै यस विषयमा छलफल गर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया