विदुर नगरपालिकाले प्रत्येक वडालाई एक करोड दिने
विदुर खबर
२०७६ असार ९ गते ८:५७
नुवाकोट असार ९, नुवाकोटको विदुर नगरपालिकाले वडामा रहेका प्रत्येक वडालाई एक करोड रुपैयाँ बजेट दिने भएको छ ।
१३ वडा रहेको विदुर नगरपालिकाले भोलि मंगलबार विहान निति तथा कार्यक्रम सार्वजिक गर्दै प्रत्येक वडालाई एक करोड रुपैयाँ दिने तयारी गरेको विदुर नगरपालिका स्रोतले जनाएको छ । नगरपालिकाको प्रत्येक वडालाई एक÷एक करोड रुपैयाँ विनियोजन गरेको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए ।
उनले सबै वडालाई समानुपातिक रुपमा एक करोड छुट्टाएको जानकारी दिए । “वडालाई योजना छान्न दिएर अधिकार सम्पन्न बनाएका छौ,यसले वडालाई बढी जिम्मेवारी बनाउने अपेक्षा हामीले गरेका छौ नगरप्रमुख पण्डितले भने ।”
सम्बन्धित
प्रतिक्रिया