रेलमार्गको विषयलाई लिएर नेपालमा चलेका टिप्पणीहरूप्रति चीनको असन्तुष्टि
नुवाकोट असार ८,केरुङ–काठमाडौं रेलमार्गको विषयलाई लिएर नेपालमा चलेका टिप्पणीहरूप्रति चीनले असन्तुष्टि जनाएको छ । केही समयअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्चीले पनि यस्तै आशयको धारणा सार्वजनिक गरेकी थिइन् ।
उनको आशयसँग मेल खाने गरी चिनियाँ पक्षले पनि बेइजिङमा नेपाली प्रतिनिधिमण्डलसामु यस्तै संकेत गरेको छ । नेपाल–चीन रेलमार्ग सहयोगसम्बन्धी चौथो द्विपक्षीय सचिवस्तरीय वार्तामा पनि यस्तो दृश्य देखिएपछि नेपाली पक्ष मिडियासँग बोल्न हच्किएको थियो । ‘चिनियाँ पक्षको असन्तुष्टि बुझेरै हुन सक्छ, नेपालका कुनै पनि सदस्यले मिडियासँग प्रतिक्रिया जनाउन चाहेनन्,’ स्रोतले भन्यो, ‘सायद चिनियाँहरू यस विषयमा निकै संवेदनशील भएको नेपाली टोलीले महसुस गरेको हुन सक्छ ।’ नेपालका मिडियामा चिनियाँ रेलबारे एकदमै ‘हाइलाइट’ भएका खबर चिनियाँ सञ्चारमाध्यममा अनुवाद गरी छापिएका थिए । कामभन्दा कुरा बढी भइरहेको प्रति चीनले मौखिक असन्तुष्टि जनाएको स्रोतको दाबी छ ।
बेइजिङस्थित नेपाली राजदूतावासका तर्फबाट नेपाल–चीन रेलमार्ग सहयोगसम्बन्धी बैठकमा सहभागी मिनिस्टर सुशील लम्सालले भने, ‘केरुङ–काठमाडौं रेलमार्ग भौगोलिक रूपमा निकै जटिल भएकाले धैर्यपूर्वक तयारी गर्नुपर्छ ।’ नेपालले जतिसुकै हतारो गरे पनि अप्ठ्यारो ठाउँमा रेलमार्ग बनाउनुपर्ने भएकाले अध्ययन अझै जारी राख्ने मनस्थितिमा चीन पुगेको उनको भनाइ छ । बिहीबार बेइजिङमा सम्पन्न चौथो सचिवस्तरीय वार्ता टोलीले सम्भाव्यता अध्ययन (फिजिबिलिटी) खर्च, रेलवे सर्भेलगायत विषय पाँचौं चरणको वार्ताले टुंग्याउने निष्कर्ष निकालेको थियो ।
‘नेपालमा हुने पाँचौं बैठकमा मात्रै फिजिबिलिटी खर्च, रेलवे सर्भेलगायत कुरा टुंग्याउने सहमति भयो,’ उनले भने । बैठकमा चिनियाँ पक्षले फिजिबिलिटी अध्ययन गर्नुअघि प्राविधिक तयारीको कुरा उठाएको थियो । चिनियाँ पक्ष आफैंले प्राविधिक तयारी गरिरहेको जानकारी दिएको छ । ‘प्राविधिक अध्ययनको काम नसकिएका कारण फिजिबिलिटीको कुरा बिस्तारै हुन्छ,’ लम्सालले भने, ‘पूर्वसम्भाव्यता अध्ययन सकिएपछि र सम्भाव्यता अध्ययन गर्नुअघि प्राविधिक अध्ययन अझै बाँकी छ भन्ने उहाँहरूको बुझाइ थियो ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुदन गुरुङ नै भन्न थाले–निर्वाचन हुन्न !
७ जिल्लाका सीडीओ फेरिए
ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज





प्रतिक्रिया