विकेन्द्रीकरणको सिदान्त विपरित काम गर्दै विदुर नगरपालिका

विदुर खबर २०७६ जेठ ८ गते १४:१५

नुवाकोट जेठ ८, विदुर नगरपालिकाले विकेन्द्रीकृत सिदान्तविपरित वडा कार्यालयहरलाई योजना बनाउँदा आफुखुसी बनाएको विभिन्न वडाका वडाअध्यक्षहरुले बताएका छन ।

Advertisement

नगरपालिकाले वडामा कार्यलयमा योजना बनाउँदा आफुखुशी बनाएको समेत उनीहरुले बताएका छन । नगरपालिकाले प्रदेशमा योजना पठाउँदा वडाकार्यालय र आफुहरुसँग छलफल नगरेको वडाअध्यक्षहरुले गुनासो गरेका छन । हामीसँग कुनैपनि योजना माग्दा पनि मागेनन् र छलफल पनि गरेनन एक वडाअध्यक्षले भने । वडाअध्यक्षहरुले नगरपालिकाले प्रमुख सञ्जु पण्डित, उपप्रमुख गिता दाहाल र सल्लाहकार रामहरि अधिकारीको वडामा मात्र बढी योजना पारेको भन्दै असन्तुष्टि पोखेका छन ।

नगरपालिकाले वडा नम्बर ६, ७, ९ र १२ मा बढी योजना पारेको भन्दै वडाअध्यक्षहरुले असन्तुष्टि जनाएका हुन । विरोध गरौ भने आफ्नै पार्टीका साथीहरुको विरोध गछौ भन्छन, नेकपा निकटका एक वडाअध्यक्षले भने । उनले योजना बनाउँदा आफुसँग योजना नै नमागेको भन्दै नगरपालिकाले कार्यालयले आफै बनाएर लाद्ने काम ग¥यो यो राम्रो होइन र यो विकेन्द्रीकृतको सिन्दान्तबिरुद्ध पनि छ उनले भने । नगरपालिकाले प्रत्येक वडामा योजना तर्जुमा विपरित काम गरेको समेत वडाअध्यक्षहरुले आरोप लगाएका छन ।

Advertisement

प्रतिक्रिया