प्रचण्ड’ आज नुवाकोट आउँदै
विदुर खबर
२०७६ जेठ ४ गते १:५२
फाइल फोटो
नुवाकोट जेठ ४, पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला –२०७६ मा भाग लिन नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोट आउने भएका छन ।
पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजिक मेला उद्घाटनका लागि अध्यक्ष प्रचण्ड जेठ ४ गते नुवाकोट आउन लागेका हुन् । उद्घाटन कार्यक्रम ककनी गाउँपालिका वडा नं. –४ रानीपौवा बजारमा हुने आयोजकले जानकारी दिएको छ । मेलामा ककनी गाँउपालिका, विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका एवं जिल्लाका अन्य ९ वटा गाँउपालिकाको सहयोग रहनेछ बताइएको छ ।
जेठ ४ गतेबाट सुरू हुने कृषि प्रदर्शनी मेला जेठ ८ गतेसम्म (५ दिन) सञ्चालन हुनेछ । मेलामा सहभागी हुन जिल्लावासी तथा सबैलाई आयोजकले विशेष अनुरोध समेत गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त





प्रतिक्रिया