सुर्यगढीको हिलेमा महिलाहरुलाई चुरा बनाउने तालिम

विदुर खबर २०७६ वैशाख ३० गते १:०३

नुवाकोट वैशाख ३०,सुर्यगढी गाउँपालिका वडा नम्बर ३ हिलेमा महिलाहरुको लागि चुरा बनाउने कार्यक्रमको आइतबार एक कार्यक्रमको आयोजना गरि उदघाटन गरिएको छ ।

Advertisement

तालिमको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की, सुर्यगढी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष ऋषिबहादुर पौडेल, घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटका निर्देशक विजय भट्टराईले संयुत्त रुपमा उद्घाटन गरेका हुन । तालिमको उद्घाटन कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष कार्कीले देशले अहिलेको अवस्थामा व्यवसायी चाहेको भन्दै तालिमबाट सिकेका सिपबाट व्यवसायी उत्पादन गर्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा सुर्यगढी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष पौडेलले तालिमबाट सिकेको शिपबाट गाउँपालिकाले दक्ष उत्पादन खोजेको बताए । उनले आगामी दिनमा बजेट महिलाहरुलाई आत्म निर्भर बनाउन वडा कार्यालयले घरेलु कार्यालयसँग मिलेर बजेट विनियोजन गर्ने बताए । त्यस्तै घरेलर तथा साना उद्योग विकास समति नुवाकोटका निर्देशक विजय भट्टराईले तालिममा बिल्कुलै सरकारको लगानी रहेको भन्दै त्यसलाई गैरसरकारी संथाले गरेको तालिम नठान्न आग्रह गरे । तालिममा वडा नम्बर ३ का १६ जना महिलाहरु सहभागि भएका छन । १५ दिनसम्म सचालनहुने तालिमको आयोजना लालीगुराँस सामुदायिक विकास केन्द्र रसुवा,जोइन्ट भिजन कन्सल्टेन्सी वालाजले गरेको हो भने घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटले आर्थिक सहयोग गरेको छ ।

Advertisement

प्रतिक्रिया