नुवाकोट उद्योग वाणिज्य संघमा कसको पल्ला भारी,कार्की की श्रेष्ठ अगााडी
नुवाकोट चैत १७, व्यवसायीहरुको छाता संगठन नुवाकोट उद्योग वाणिज्य संघको १० औँ अधिबेसनमा नेपाली कांग्रेस र नेकपा निकटका व्यवसायीहरु फेरि आमनसामने हुने भएका छन ।
बाणिज्य संघको नेतृत्व लिनको लागी चुनाबि मैदानमा काग्रेस निकटका ताराकबहादुर कार्की र नेकपा निकटका व्यवसायी रमेश श्रेष्ठ मैदानमा उत्रिएका छन । कार्की र श्रेष्ठमध्ये कसको पल्ला भारी छ भन्ने विषयले अहिले गर्मी भएको नुवाकोटको सदरमुकाम विदुर आसपासका चिया पसलमा झन व्यापक रुपमा गरम गराइरहेको छ । अघिल्लो निर्वाचनमा झिनो मताअन्तरले विजयी भएका वर्तमान अध्यक्ष ताराबहादुर कार्की यसपटक नेकपाका दुई पार्टी एक भएको अवस्थामा कमजोर देखिन्छन । तर कार्कीले सबै व्यवसायीको हितमा आफुले काम गर्दै आएको भन्दै आफु यसपटक पनि विजयी हुँने बताउँदै आएका छन ।
यता गत निर्वाचनमा कार्कीसँग झिनो मतान्तरले पराजित भएका रमेश श्रेष्ठले यो पटक आफु भारी मतान्तरले विजयी हुने भन्दै अध्यक्षको दाबेदारी प्रस्तुत गरेको बताउँदै आएका छन । अहिलेको नुवाकोट उद्योग वाणिज्य संघको कार्यसमितिलाई हेर्दा पनि उनको त्यो भनाईलाई यसले सार्थकता देखाउँछ । किनकी अहिले वाणिज्य संघमा रहेको कार्यसमितिमा नेकपा निकटका व्यवसायीहरुको बहुमत छ । तत्कालिन एमाले र माओवादी एकभएपछि दुबै पार्टी निकट व्यवसायी एक भएको अवस्थामा कार्कीको अवस्था श्रेष्ठको भन्दा कमजोर हुन सक्छ । तर व्यवसायीहरु माँझ त्यति भिझ्न नसकेको श्रेष्ठ माथि आरोप लाग्ने गरेको छ । तर वाणिज्य संघका पुर्व अध्यक्षहरु कार्की निकट मानिँदा कार्की हौसिएका छन । कार्कीलाई जिताउँदा आफ्नो भलो हुने नेकपा निकटका केही पुर्वअध्यक्षहरुले अनौपचारिक रुपमा बताईरहँदा चुनावको मत परिणाम यसै होला भन्न सकिँदैन ।
तर नेकपा निकटका व्यवसायी एकजुट हुँदा भने कार्कीलाई गाह्रो पर्नसक्ने देखिन्छ । भोट क्रसिंङको तिव्र संभावना भएको यो निर्वाचनमा पराजित भएमा श्रेष्ठ राजनितिक भविष्य सकिनेछ । किनकी यसअघि पनि उनी पटकपटक कार्कीसँग पराजित भइसकेका छन । तर दोस्रो कार्यकालको लागि अध्यक्षमा उठेका कार्की यो पटक पनि जितेमा लगातार दुई कार्यकालको लागि अध्यक्ष बन्नेछन । तर पराजित भएमा पनि उनी सल्लाहकारको रुपमा रहेनछन । कार्की र श्रेष्ठमध्ये कसको पल्ला भारी रहनेछ भन्ने विषयमा भने उनका प्यानलमा रहेका सदस्यहरुको भुमिका र उनीहरु कत्तिको इमान्दार छन भन्ने विषयमा समेत निर्भर रहनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया