माथिल्लो त्रिशूली-३ ‘ए’ को परीक्षण चैत १ गतेबाट, ६० मेगावाट प्रणालीमा थपिँदै
नेपाल विद्युत प्राधिकरणले आगामी चैत १ गतेबाट ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको परीक्षण सुरु गर्ने भएको छ । रसुवा र नुवाकोटको सीमामा निर्माण भएको आयोजनाको सिभिल संरचनाको परीक्षण सुरु गर्न लागिएको हो ।
विभिन्न चरणमा गरी संरचनाको ड्राइ र वेट टेष्ट गरिने आयोजना प्रमुख फणिन्द्रराज जोशिले बताए । उनका अनुसार बाँध, सुरुङ र विद्युतगृह लगायत संरचनाको पालै पालो परीक्षण हुनेछ । संरचनाको परीक्षण सुरु भएको मितिले विद्युत उत्पादन गर्न ४५ दिनको समय लाग्ने पनि उनले बताए । संरचनाको दुई चरणको परीक्षण पूरा भएपछि २०७६ वैशाख १५ गतेबाट विद्युत उत्पादन सुरु हुने जोशीले बताए । आगामी वैशाख १७ गतेदेखि आयोजनाको दुवै युनिटबाट विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको जोशीले जानकारी दिए । आयोजनाबाट उत्पादन हुने विद्युत डेढ किलोमिटर दुरीमा निर्माण भइरहेको त्रिशूली ३ ‘बी’ हब सबस्टेसनमा जोडिनेछ । परीक्षण अवधिभर बाँधको गेट खोल्ने र बन्द गर्ने काम बारम्बार गर्नु पर्ने हुँदा नदीको बहाव परिवर्तन हुने भएकाले बाँध क्षेत्रबाट ५ सय मिटरको दुरी वरपर हिँडडुल नगर्न प्राधिकरणले सर्वसाधारणमा आग्रह गरेको छ ।
२०६८ बाट निर्माण सुरु भएको आयोजना पटक पटकको म्याद थपपछि चिनियाँ ठेकेदार चाइना गेजुबा ग्रुप कर्पोरेशनले पूरा गरेर विद्युत उत्पादन गर्ने चरणमा पुर्याएको हो । विद्युत प्रवाह हुने ४५ किलोमिटर लामो २२० केभी त्रिशूली–मातातीर्थ प्रसारण लाइन पनि आयोजनाले निर्माण गरिरहेको छ । प्राधिकरणले चिनियाँ एक्जिम बैंकको १२ करोड ५० लाख अमेरिकी डलर (करिब १४ अर्ब २५ करोड रुपैयाँ) सहुलियत ऋणमा आयोजना निर्माण गर्न चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । यो लागत आयोजना र प्रसारण लाइनको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया