जनजाति पत्रकार संघ नुवाकोटले २ जना पत्रकारलाई सम्मान गर्ने

विदुर खबर २०७५ फागुन २४ गते १६:३३

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ नुवाकोटले २ जना कृयासिल पत्रकारहरुलाई सम्मान गर्ने भएको छ ।

Advertisement

महासंघको शुक्रबार बसेको बैठकले पत्रकार राजकृष्ण श्रेष्ठ र नवदिप श्रेष्ठलाई सम्मान गर्ने निर्णय गरेको हो । कान्तिपुर टेलिभिजनको नुवाकोट सम्बाददाता राजकृष्ण श्रेष्ठ र त्रिशुली खबर साप्ताहिकका सम्पादक एवम् रासस नुवाकोट संवाददाता नबदिप श्रेष्ठलाई सम्मान गरिने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ नुवाकोट अध्यक्ष शक्तिमायाँ तामाङले बताउनुभएको छ । श्रेष्ठ द्धय नुवाकोट जिल्लामा रहेर बिगत १० वर्ष अघिदेखी पत्रकारिता गर्दै आएका छन् ।

आगामी चैत्र १ र २ गते हुने आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नम्बर ३ को नुवाकोटमा हुने महादिवेशनमा सम्मान गरिने बताइएको छ । सम्मेलमा प्रदेश नम्बर ३ अन्तर्गत १३ वटा जिल्लाका पत्रकाहरुको सहभागीता रहने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया