वातावरणमा प्रतिकूल प्रभाव परेको भन्दै धादिङमा नदिन्य पदार्थको उत्खननमा कडाई
धादिङ,जिल्लामा खानीजन्य र नदीजन्य पदार्थको अनियमित उत्खनन् र निकासीमा कडाइ गरिएको छ ।
अनियन्त्रित रुपमा सञ्चालित बालुवा, ढुङ्गा र गिट्टी खानीका कारण वातावरणमा प्रतिकूल प्रभाव परिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला अनुगमन समितिले विशेष कार्यदल बनाएर कडाइ शुरु गरेको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताउनुभयो ।त्यस्ता खानी बन्द गराइएपनि अझै पनि केही खानी सञ्चालनमा रहेको सूचना आएकाले निगरानी गरी कारवाही शुरु गरेको हो ।
सबै स्थानीय तहले ढुङ्गा, गिट्टी र बालुवालगायत प्रकृतिक स्रोतबाट कर असुल्न ठेक्का लगाइसकेकाले पूर्ण रोक लगाउन समस्या भएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले अवैध रुपमा खानी नचलाउन सूचना जारी गर्दै त्यस्तो गरेको भटिएमा खानीका सबै सरसामान नियन्त्रणमा लिने र सञ्चालकलाई कानूनी कारवाही गर्ने जनाएको छ । जिल्लामा अहिले सरकारले मुआब्जा वितरण गरिसकेको बूढीगण्डकी जलविद्युत् आयोजनाको जमीनमा यस्ता गतिविधि बढ्दो रुपमा देखिएको छ । त्रिशूली नदी क्षेत्रमा समेत अवैध रुपमा बालुवा प्रशोधन र आसपासको क्षेत्रमा वातावरणीय परीक्षणविना खानी उत्खनन् भइरहको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की





प्रतिक्रिया