प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल सबैभन्दा धेरै भ्रमण भत्ता लिनेको सुचिमा अगाडी

हेटौंडा : प्रदेशम नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ५ महिनाको अवधिमै भ्रमण भत्ता वापत एक लाख ४३ हजार दुई सय रुपैयाँ सुविधा लिएका छन् ।
राजधानी हेटौंडा बाहिर जाँदा भ्रमण भत्ता लिनेमा मुख्यमन्त्री डोरमणि पौडेल छोटो समयमै आफ्नो सरकारको सबैभन्दा धेरै रकम लिने मन्त्री हुन् । चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिरसम्म उनले एक लाख ४३ हजार दुईसय रुपैयाँ अनुगमन तथा मूल्याङ्कन शिर्षकमा भ्रमण भत्ता लिएका थिए ।
मुख्यमन्त्री पछि सामाजिक विकास मन्त्री युवराज दुलालले भ्रमण भत्ता ८५ हजार छ सय २० रुपैयाँ, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेले ५७ हजार पाँचसय रुपैयाँ बुझेका छन् ।
साथै भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले ४५ हजार, उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री अरुण नेपालले ५० हजार रुपैयाँ र आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले ३७ हजार तीनसय ७५ रुपैयाँ बुझेको मुख्यमन्त्री कार्यालयको तथ्याङ्क छ ।
यस अवधिमा भ्रमण भत्ता वापत मुख्यमन्त्री, मन्त्रीहरु र उनीहरुको सचिवालयका सहयोगीहरुले दश लाख १७ हजार तीनसय ४४ रुपैयाँ बुझेका छन् । मकवानपुर बाहेक प्रदेशका अन्य १२ जिल्ला जाँदा भ्रमण भत्ता पाउने ब्यवस्था छ । देश बाहिर जाँदा भने संघीय सरकारको अनुमति अनिवार्य छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया