प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल सबैभन्दा धेरै भ्रमण भत्ता लिनेको सुचिमा अगाडी

विदुर खबर २०७५ पुष ९ गते ११:२७

हेटौंडा : प्रदेशम नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ५ महिनाको अवधिमै भ्रमण भत्ता वापत एक लाख ४३ हजार दुई सय रुपैयाँ सुविधा लिएका छन् ।

Advertisement

राजधानी हेटौंडा बाहिर जाँदा भ्रमण भत्ता लिनेमा मुख्यमन्त्री डोरमणि पौडेल छोटो समयमै आफ्नो सरकारको सबैभन्दा धेरै रकम लिने मन्त्री हुन् । चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिरसम्म उनले एक लाख ४३ हजार दुईसय रुपैयाँ अनुगमन तथा मूल्याङ्कन शिर्षकमा भ्रमण भत्ता लिएका थिए ।

मुख्यमन्त्री पछि सामाजिक विकास मन्त्री युवराज दुलालले भ्रमण भत्ता ८५ हजार छ सय २० रुपैयाँ, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेले ५७ हजार पाँचसय रुपैयाँ बुझेका छन् ।

Advertisement

साथै भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले ४५ हजार, उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री अरुण नेपालले ५० हजार रुपैयाँ र आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले ३७ हजार तीनसय ७५ रुपैयाँ बुझेको मुख्यमन्त्री कार्यालयको तथ्याङ्क छ ।

यस अवधिमा भ्रमण भत्ता वापत मुख्यमन्त्री, मन्त्रीहरु र उनीहरुको सचिवालयका सहयोगीहरुले दश लाख १७ हजार तीनसय ४४ रुपैयाँ बुझेका छन् । मकवानपुर बाहेक प्रदेशका अन्य १२ जिल्ला जाँदा भ्रमण भत्ता पाउने ब्यवस्था छ । देश बाहिर जाँदा भने संघीय सरकारको अनुमति अनिवार्य छ ।

Advertisement

प्रतिक्रिया