पन्चकन्याका सिटौला मृत अवस्थामा भेटिए

विदुर खबर २०७५ मंसिर ९ गते ११:४७

विदुर÷ विगत दुई हप्तादेखि हराईरहेका नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं ५ का ३५ वर्षिय लक्ष्मण सिटौला मृत अवस्थामा भेटिएका छन ।
जिल्ला प्रहरी कार्यालयबाट खोजतलास गर्ने क्रममा सिटौला शािवार दिउँसो करिव ३ बजेतिर गाउँपालिकाकै महादेव खोलामा मृत अवस्थामा फेला परेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुवरले बताए । मृत लाश पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगन्जमा पठाईको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । घटनाको थप अनुसन्धान भईराखेको कुवरले बताए ।

Advertisement

प्रतिक्रिया