विदुरका विद्यालय भदौ २४ गतेदेखि खुल्ने निर्णय
नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण केही समयदेखि बन्द रहेका विदुर नगरपालिकाका विद्यालयहरू यही आगामी भाद्र २४ गतेदेखि पुनः सञ्चालनमा आउने भएका छन्।

नगर कार्यपालिकाको मिति २०८३ भाद्र २१ गते बसेको बैठकको निर्णयानुसार नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरिएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलद्वारा जारी सूचना अनुसार बाढीका कारण हाल अस्थायी आवास केन्द्र (Holding Centre) को रूपमा प्रयोग भइरहेका र बाढीबाट पूर्ण रूपमा क्षति पुगेका विद्यालयहरू बाहेक अन्य सबै विद्यालयहरूलाई भाद्र २४ गतेदेखि पठनपाठन नियमित गर्न अनुरोध गरिएको छ।
बाढीका कारण विदुर नगरपालिकाका करिब एक दर्जन विद्यालयहरू प्रत्यक्ष प्रभावित भएका थिए भने केही विद्यालयहरूमा विस्थापित नागरिकहरूलाई राख्न होल्डिङ सेन्टर बनाइएको छ।

परिस्थिति सामान्य बन्दै गएपछि नगरपालिकाले पठनपाठन सुचारु गर्ने निर्णय लिएको हो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














“मातृभूमिको पीडामा परदेशी मन”: युएईबाट बाढीपीडितका लागि जुट्यो आर्थिक सहयोग
विदुरका विद्यालय भदौ २४ गतेदेखि खुल्ने निर्णय
भोटेकोशी विपत्तीमा १६ सय ४० गाई-भैसीको क्षति : पशु सेवा विभाग
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
बाढीमा ज्यान गुमाएकाहरूको सुगतिका लागि देवीघाटमा भिक्षुहरूको प्रार्थना





प्रतिक्रिया