बालबालिका र विस्थापितको तथ्यांक संकलन मुख्य चुनौती : लामा
नुवाकोट । नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोका कारण नुवाकोट, रसुवा, धादिङ र चितवनमा अपूरणीय क्षति पुगेकोबारे पार्टीमा ब्रिफिङ गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेता लामाले विपद्ग्रस्त क्षेत्रमा युद्धस्तरमा उद्धार, राहत र पुनर्स्थापनाका कार्य अगाडि बढाउन सरकार र पार्टीको ध्यानाकर्षण गराएका हुन् ।
नेता लामाका अनुसार प्राकृतिक विपत्तिका कारण ठूलो संख्यामा मानवीय क्षति भएको छ भने धेरै मानिस अझै बेपत्ता छन् ।
बाढीले गोसाईंकुण्ड र मानसरोवर जाने तीर्थयात्री, भन्सारका कर्मचारी, सवारी चालक तथा जलविद्युत आयोजनामा कार्यरत श्रमिकहरूलाई प्रत्यक्ष असर पुर्याएको छ ।
विपद्का कारण ४१ वटा पुलहरू बगेकाले सो क्षेत्रको सडक सञ्जाल (कनेक्टिभिटी) पूर्ण रूपमा विच्छेद भएको लामाले जानकारी दिए ।
‘पहिले २७ मिनेटमा पुगिने ठाउँमा अहिले ११ घण्टा लाग्ने अवस्था छ । धादिङको फोस्रेटार जोड्ने एउटा पुलबाहेक अन्य सबै संरचना ध्वस्त भएका छन् । अभिभावक गुमाएका टुहुरा बालबालिका र विस्थापित परिवारको सही तथ्यांक संकलन गरी उनीहरूको व्यवस्थापन गर्नु आजको मुख्य चुनौती हो,’ उनले भने ।
बाढीले जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्याउनुका साथै कतिपय मानिसहरू सुरुङभित्रै फसिरहेको र घरबारविहीन भएको उनले उल्लेख गरे ।
तत्कालको समस्या समाधानका लागि प्रदेश सरकारसँगको समन्वयमा पाँचवटा तुइनको व्यवस्था गरिएको र देवीघाटमा ५५ मिटरको बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले बताए ।

साथै, निर्माण व्यवसायी महासंघले एक करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको र त्रिशूलीमा झोलुङ्गे पुल निर्माणको काम शुरु भइसकेको पनि उनले उल्लेख गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














“मातृभूमिको पीडामा परदेशी मन”: युएईबाट बाढीपीडितका लागि जुट्यो आर्थिक सहयोग
विदुरका विद्यालय भदौ २४ गतेदेखि खुल्ने निर्णय
भोटेकोशी विपत्तीमा १६ सय ४० गाई-भैसीको क्षति : पशु सेवा विभाग
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
बाढीमा ज्यान गुमाएकाहरूको सुगतिका लागि देवीघाटमा भिक्षुहरूको प्रार्थना





प्रतिक्रिया