नुवाकोटको तादी खोलामा एक्रो बेलीब्रिज निर्माण तीव्र

विदुर खबर २०८३ भदौ २० गते २१:५६

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी खोलामा नेपाली सेनाले एक्रो बेलीब्रिज निर्माणको काम तीव्र बनाएको छ ।

Advertisement

नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले ६० मिटर लामो, ५.५ मिटर चौडा र ५० टन भारवहन क्षमताको एक्रो बेलीब्रिज निर्माण अघि बढाएको हो ।

सेनाले पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी गरी जडानको काम अघि बढाइरहेको जनाएको छ ।

Advertisement

प्रतिक्रिया