वडा सदस्य थापाले गरे व्यक्तिगत खर्चमा राहत वितरण
नुवाकाेट । गत भदौ १० गते आएको विनाशकारी लेदोसहितको पहिरो र बाढीपछि उत्पन्न कठिन परिस्थितिमा आफ्ना व्यक्तिगत व्यस्ततालाई पन्छाउँदै नुवाकाेटकाे तारकेश्वर गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य रामकाजी थापाले आफ्नै व्यक्तिगत खर्चमा राहात वितरण गरेका छन् ।

बाढीको खबर पाउनासाथ भदौ १२ गते काठमाडौँबाट गाउँ पुगेका उनले गाउँ पुगेर प्रशंसनीय राहत तथा उद्धार कार्य सम्पन्न गरेका छन्।
गाउँ पुग्ने बित्तिकै मोबाइल बिग्रिएर विपदको तथ्याङ्क सङ्कलन र समन्वयमा समस्या आए पनि उनले घरमा रहेको पुरानो मोबाइलको प्रयोग गरी राहत कार्य अघि बढाएक थिए।

तारकेश्वर गाउँपालिका वडा नम्बर ४ बाट प्रभावितहरूको तथ्याङ्क सङ्कलन गरी काठमाडौँ तथा देश-विदेशमा रहेका आफन्त र साथीभाइहरूसँग समेत उनले समन्वय गरेका थिए ।
थापाले आफ्नै व्यक्तिगत खर्चमा बाढी तथा पहिरोबाट प्रत्यक्ष प्रभावित परिवारहरूलाई राहत सामाग्री उपलब्ध गराएका हुन्। वितरण गरिएकाे सामाग्रीहरुमा दैनिक जस्वनमा आवश्यक पर्ने खाध्यान्न, सिरक डसना लगायत रहेका छन् । थापाको व्यक्तिगत सहयोग तथा देश-विदेशका साथीभाइहरूको उत्साहजनक साथले राहत अभियान थप प्रभावकारी बनेको भन्दै बाढी प्रभावितहरु समेत खुशी भएका छन् ।

थापाले गाउँमा विद्युत अवरुद्ध भएको समयमा मोवाइल चार्ज गर्न समेत समस्या भएपछि चार्जिङ स्टेशन समेत निर्माण गरिदएका छन् । जसका कारण बिजुली र सञ्चार विच्छेद भएको अवस्थामा पनि स्थानीयवासीले आफ्ना सन्तान तथा आफन्तहरूसँग सम्पर्क स्थापित गर्न सहजता पाएका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा वडाध्यक्षको सिफारिसमा बाढीपीडितलाई राहत सामग्री वितरण गरिने
देवीघाटमा तुइन सञ्चालन, स्थानीयलाई राहत
‘बाढीले तारकेश्वरमा बस्ती नै सार्नुपर्ने छ, सरकारले पठाएको चाउचाउले केही हुँदैन’
त्रिशूली–३ ‘ए’को सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै 





प्रतिक्रिया