श्रेष्ठको साहसिक उद्धारले जोगियो बाढीमा फसेकी महिलाको ज्यान
नुवाकाेट । घटना हो भदौ १० गतेको, करिब बिहान ११ बजेको थियो । बाढीको भेल देवीघाट आइपुगेको थियो।

श्रेष्ठ सोही स्थानमा थिए। हर्दाहेर्दे रसुवामा आएको भीषण बाढीको भेलमा बगेकी एक महिलाको बग्ने अवस्था सिर्जना भयो। बाढीको तीव्र बहावमा फेसेकी महिलालाई नेपाली कांग्रेस नुवाकोट जिल्ला सचिव तथा साहित्यकार श्रेष्ठले स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा जोखिम मोलेर उद्धार गरेका हुन् ।
बाढीको कारण देवीघाटमा फसेकी ती महिलाले रुख समातेर आफूलाई जोगाएकी थिइन् । बाढीको बहाव केही कम भएपछि श्रेष्ठसहित स्थानीयवासी र प्रहरीको टोलीले तत्काल उद्धार अभियान थालेको थियो।
जोखिमपूर्ण अवस्थामा गरिएको प्रयासपछि उनलाई सकुशल नै बाहिर निकाल्न सफल भएको हो। उद्वार गरिएकी महिलालाई तत्काल उपचारका लागि नजिकैको अस्पताल पुयाइएको थियो। उनको स्वास्थ्य अवस्थाT सामान्य रहेको बताइएको छ।
उद्धारमा खटिएका श्रेष्ठ नेपाली कांग्रेस नुवाकोटका जिल्ला सचिव साहित्यकार तथा बट्टार क्याम्पसका अध्यक्ष समेत हुन्। बाढीपहिरोको जोखिमबीच मानवीय ज्यान जोगाउन उनले देखाएको साहस र तत्परताको स्थानीयस्तरमा प्रशंसा भइरहेको
छ ।

रसुवामा आएको बाढीपहिरोले विभिन्न क्षेत्रमा जनजीवन प्रभावित बनाएको छा बाढीका कारण सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ विपद् को अवस्थामा स्थानीयवासी र सुरक्षाकर्मीको समन्वयमा उद्धार तथा राहतका काम भइरहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














श्रेष्ठको साहसिक उद्धारले जोगियो बाढीमा फसेकी महिलाको ज्यान
प्याब्सन नुवाकोटले बाढी प्रभावित विद्यार्थी र शिक्षकलाई राहत तथा छात्रवृत्ति दिने
देवीघाटमा स्काभेटर प्रयोग गरी सडक सफाइ र जोखिम व्यवस्थापन तीव्र
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो
नुवाकाेटकाे बट्टारमा दिउँसै सुनका गहना लुटपाट





प्रतिक्रिया