देवीघाटमा स्काभेटर प्रयोग गरी सडक सफाइ र जोखिम व्यवस्थापन तीव्र
नुवाकोट । अविरल वर्षाका कारण त्रिशूली नदीमा आएको भीषण बाढीले क्षतिग्रस्त बनेको नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ स्थित देवीघाटको भग्नावशेष बस्तीमा बाटो खुलाउने तथा सम्भावित जोखिम न्यूनीकरणको काम तीव्र पारिएको छ।

विदुर नगरपालिकाको प्रत्यक्ष सहयोग र वडा नं. ५ को आवश्यक समन्वयमा अहिले उक्त क्षेत्रमा स्काभेटर (एक्जाभेटर) प्रयोग गरी सडक लाइन पन्छाउने र बाटो सुचारु गर्ने कार्य अगाडि बढाइएको हो।
सडक खुलाउनेसँगै बाढीका कारण पुरिएको हुन सक्ने मृत जीवजन्तु तथा शवहरू फेला परेमा तिनको उचित व्यवस्थापनका लागि आवश्यक सुरक्षा सतर्कताका साथ सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको छ।

सीमित स्रोत र साधनका बाबजुद नगरका अन्य वडाहरूमा पनि उस्तै विपत्ति परेको अवस्थामा देवीघाट क्षेत्रलाई प्राथमिकता दिएर सहयोग पुर्याएको भन्दै विदुर–५ का वडा अध्यक्ष लिलानाथ न्यौपानेले नगरपालिकाका नगर प्रमुख तथा उपप्रमुखप्रति आभार व्यक्त गरेका छन् ।

साथै, यस विपद्को कठिन घडीमा सबै स्थानीयवासीलाई संयमित र सुरक्षित रहन, तोकिएको होल्डिङ सेन्टरमा बस्न र कुनै अत्यावश्यक अवस्था सिर्जना भएमा तत्कालै सम्पर्क गर्न वडा कार्यालयले अनुरोध गरेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देवीघाटमा स्काभेटर प्रयोग गरी सडक सफाइ र जोखिम व्यवस्थापन तीव्र
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो
नुवाकाेटकाे बट्टारमा दिउँसै सुनका गहना लुटपाट
नुवाकोटमा बाढीको ताण्डव : बगर बने बस्तीहरू
देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता





प्रतिक्रिया