नागरिकको आवश्यकतामा स्थानीय सरकार: विदुरमा स्पाइनल इन्जुरी पीडितलाई ह्विलचियर सहयोग
विदुर खबर
२०८३ साउन २६ गते १५:४९
नुवाकोट । विदुर नगरपालिकाले वडा नम्बर १३ निवासी भोजकुमारी मास्के मगरलाई ह्विलचियर हस्तान्तरण गरेको छ।

सोमबार आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख राजन श्रेष्ठले स्पाइनल इन्जुरीका कारण हिँडडुल गर्न कठिनाइ भोग्दै आएकी भोजकुमारीलाई ह्विलचियर वितरण गरेका हुन्।
ह्विलचियर हस्तान्तरण गर्दै नगरप्रमुख श्रेष्ठले आर्थिक तथा सामाजिक रूपमा कमजोर, विपन्न एवम् अपाङ्गता भएका नागरिकको समस्या र आवश्यकतालाई सम्बोधन गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताए।
नागरिकको अवस्था र आवश्यकताका आधारमा नगरपालिकाले यस्ता सहयोग, संरक्षण तथा सहजीकरणका कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे।

नगरपालिकाबाट प्राप्त ह्विलचियरले भोजकुमारीको दैनिक जीवनयापनमा सहजता ल्याउनुका साथै आवतजावत र सामाजिक सहभागिता वृद्धि गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नागरिकको आवश्यकतामा स्थानीय सरकार: विदुरमा स्पाइनल इन्जुरी पीडितलाई ह्विलचियर सहयोग
विदुर ५ का जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण सम्पन्न
जाजरकोटमा भूकम्पको धक्का
आज देशका केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटमा कांग्रेसको बृहत् राष्ट्रिय भेलाबारे छलफल तथा अन्तरक्रिया सम्पन्न





प्रतिक्रिया