विदुर ५ का जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण सम्पन्न
विदुर खबर
२०८३ साउन २६ गते १२:१६
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ मा रहेका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको छ ।

विदुर नगरपालिका वडा नम्बर ५ को आयोजना तथा शहरी स्वास्थ्य केन्द्र माझिटारको प्राविधिक सहयोगमा नसर्ने रोगको स्कृनिङ कार्यक्रम अन्तर्गत वडा भित्र रहेका जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले जानकारी दिए ।

स्वास्थ्य परिक्षण कार्यक्रम अन्र्तगत जेष्ठ नागरीकहरुको सुगर तथा ब्लड प्रेसर परीक्षण गरिएको थियो । जसमा ३० महिला र १९ पुरुष गरि ४९ जनाले सेवा लिएको शहरी स्वास्थ्य केन्द्र माझिटारका ईन्चार्ज सुमित्रा अधिकारीले जानकारी दिइन् ।

स्वास्थ्य चेकजाँचको क्रममा केहीमा उच्च रत्तचाप र केही सुगरको मात्रा बढी देखिएपछि आवश्यक सुझावसहित स्वास्थ्य संस्थाको सम्पर्कमा रहन सुझाव दिइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुर ५ का जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण सम्पन्न
जाजरकोटमा भूकम्पको धक्का
आज देशका केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटमा कांग्रेसको बृहत् राष्ट्रिय भेलाबारे छलफल तथा अन्तरक्रिया सम्पन्न
घ्याङस्वाराको अर्ग्यानिक चियाको मूल्य ६ हजार





प्रतिक्रिया