प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन

विदुर खबर २०८३ साउन २२ गते १२:२१

नुवाकोट । प्रवासी नेपाली मञ्च (प्रनेम) यूएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न भएकाे छ ।

Advertisement

अधिवेशनले नुवाकाेटकाे विदुर नगरपालिका वडा नम्बर १३ हर्कपुरका सुमन भण्डारीकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

अधिवेशनको अवसरमा नेपालका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भिडियो सन्देशमार्फत प्रवासी नेपाली मञ्च यूएईको आठौँ राष्ट्रिय अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए । उनले प्रवासमा रहेका नेपालीहरूलाई संगठित भई राष्ट्रिय हित, एकता तथा सामाजिक सेवामा सक्रिय रहन आग्रह गर्दै नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

Advertisement

अधिवेशनले उपाध्यक्षमा प्रेमबहादुर अधिकारी, सचिवमा मेघराज कडेल, उपसचिवमा विनोद न्यौपाने र मञ्जु आले सर्वसम्मत निर्वाचित गरेकाे ५ ।

सदस्यहरूमा चिनबहादुर केसी, कविता पुन, उत्तम खतिवडा, दीपक खनाल, घनश्याम भण्डारी, मीन नेपाली, श्यामबहादुर विश्वकर्मा, सविन बराल, कैलाश भण्डारी, हर्कबहादुर केसी, डम्बर लिम्बु तथा भरत बस्नेत निर्वाचित भएका छन्।

Advertisement

अधिवेशनमा वक्ताहरूले प्रवासी नेपालीहरूको हक–हित संरक्षण, संगठन सुदृढीकरण, सामाजिक एकता तथा मातृभूमिप्रतिको जिम्मेवारीलाई अझ प्रभावकारी रूपमा अघि बढाउन नवनिर्वाचित नेतृत्वले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न वैचारिक संगठनका नेतृत्व, एनआरएनए, नेपाली समाज, नेपाल पत्रकार महासंघ, विभिन्न सामाजिक तथा जिल्लागत संघ–संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया