विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
विदुर खबर
२०८३ असार २९ गते ११:४३
नुवाकोट । विदुर नगरपालिका–१३ वडा कार्यालयले आजदेखि आफ्नो सेवा नव–निर्मित भवनबाट सञ्चालनमा ल्याएको छ।

यसअघि तल्लो देउडीबाट सञ्चालन हुँदै आएको वडा कार्यालयको सेवा आजदेखि माथिल्लो देउडीस्थित साविक कल्याणपुर गाविस कार्यालय रहेको जग्गामा निर्माण गरिएको नयाँ भवनबाट सुरु गरिएको वडा अध्यक्ष भरतबहादुर तामाङले जानकारी दिए।


नेपाल सरकारको करिब १ करोड १३ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवनबाट वडा कार्यालयको सम्पूर्ण प्रशासनिक सेवा प्रदान गर्न थालिएको हो। नयाँ भवनबाट सेवाको औपचारिक शुभारम्भ बिदुर नगरपालिका–८ निवासी मिरा अधिकारीलाई घरबाटो प्रमाणित सिफारिस प्रदान गरेर गरिएको थियो।

नयाँ भवन सञ्चालनमा आएसँगै वडा कार्यालयका सेवाग्राहीले थप सहज, व्यवस्थित र गुणस्तरीय सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया