बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
विदुर खबर
२०८३ असार २३ गते १०:१४
नुवाकोट। नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टार बजारमा सोमबार राति मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

विदुरबाट बट्टारतर्फ जाँदै गरेको बा ४७ प १६३४ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने ५५ वर्षीय प्रेमप्रसाद रिजाललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी इकबाल हवारीले जानकारी दिए ।


मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते भएका उनको उपचारको क्रममा काठमाण्डौको ग्रान्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई ठक्कद दिने मोटरसाईकल चालक विदुर–१ बस्ने ३० वर्षीय राजकुमार मिजारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । मोटरसाईकल चालक मिजारको पनि दाहिने हत्केलामा सामान्य चोट लागेको छ ।
घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया