लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
नुवाकाेट । लुम्बिनी बिकास बैंक लिमिटेड, बट्टार शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत बिदुर नगरपालिका वडा नं. ९ मा अवस्थित सुलक्षणा माध्यामिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

कार्यक्रममा लुम्बिनी बिकास बैंक, बट्टार शाखाका शाखा प्रबन्धक अजय आचार्यसहित शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। साथै, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, बिदुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष तथा स्थानीय समाजसेवी एवं अभिभावकहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रमका विद्यालयमा अध्ययनरत ईसीडी कक्षादेखि कक्षा १० सम्मका कुल १०१ जना विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको थियो।

बैंकले शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यका साथ आयोजना गरेको यस कार्यक्रमले विद्यार्थीहरूमा शैक्षिक उत्साह अभिवृद्धि गर्न तथा सामाजिक उत्तरदायित्वप्रति बैंकको प्रतिबद्धतालाई थप सुदृढ बनाएको विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा बोल्दै शाखा प्रबन्धक अजय आचार्यले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।


विद्यालय प्रशासन तथा स्थानीय समुदायले लुम्बिनी बिकास बैंकद्वारा प्रदान गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको मनोबल वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया