अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
विदुर खबर
२०८३ असार १९ गते ९:४३
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर १३ अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने मुख्य सडकको स्तरउन्नती सहित कालोपत्रे गर्ने काम सम्पन्न भएको छ ।

विदुर नगरपालिकाले ३ करोड रुपैयाँमा ठेक्का लगाई स्तरउन्नती सहित भइरहेको कालोपत्रे अन्तरगत ११०० मिटर सडकमा स्तरउन्नती सहित कालोपत्रे गरिएको छ ।
सडकको स्तरउन्नती सहित कालोपत्रे गर्ने कामे दुर्पना अन्नपुर्ण गौतम जेभीले गरेको हो । सडक निर्माणको क्रममा गुणस्तरमा कुनै सम्झौता नगरिएको निर्माण व्यवसायी श्याम लामाले जानकारी दिए ।

सडकको कालोपत्रे कार्यको विदुर नगरपालिकाको नगर प्रमुख राजन श्रेष्ठसहित वडा नम्बर ३ का वडाध्यक्ष बद्री रिमाल, वडा नम्बर १३ का अध्यक्ष भरत तामाङ, वडा नम्बर ८ का निवर्तमान वडाध्यक्ष फैसिंह तामाङ, नगरपालिकाको प्राविधिक सहितको टिमबाट अनुगमन समेत गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया