किस्पाङको बजेट ४३ करोड ८३ लाख ३३ हजार

विदुर खबर २०८३ असार १० गते २२:५८

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४३ करोड ८३ लाख ३३ हजार ३ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

Advertisement

१८ औँ गाउँसभाको अधिवेशनमा बुधबार कार्यवाहक अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले बजेट प्रस्तुत गरेका हुन् ।

किस्पाङ गाउँपालिकाले आन्तरिक स्रोत, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, विभिन्न अनुदान र चालु वर्षको बैंक मौज्दातबाट व्यवस्थापन हुने गरी आ.व. २०८३/८४ का लागि ४३ करोड ८३ लाख ३३ हजार ३ सयको बजेट विनियोजन गरिएको न्यौपानेले बताए ।

Advertisement

प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ २९ करोड ८१ लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ १४ करोड १ लाख ४७ हजार रुपैयाँ छुट्टाइएको छ ।

कार्यावाहक अध्यक्ष न्यौपानेले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/८४ नीति तथा कार्यक्रम अनुमानित आय–व्यय सहितको बजेट, योजना तथा कार्यक्रम गाउँसभाबाट सर्वसम्मत रूपमा अनुमोदन भएको छ ।

Advertisement

कार्यावाहक अध्यक्ष न्यौपानेले प्रस्तुत गरेको निति तथा कार्यक्रममा उद्यमशिलताको विकास मार्फत रोगजारी सृजना गर्दै किस्पाङ गाउँपालिकाको आन्तरिक आयमा वृद्धि गर्दै आत्मनिर्भर किस्पाङ निर्माण गर्नु अवको मुख्य अभिभारा रहेको उल्लेख गरिएको छ ।

निति तथा कार्यक्रम र बजेटमा किस्पाङले कृषि स्वास्थ्य, वन तथा वातावरण, शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया