एमाले नेता खतिवडा झुण्डिएको अवस्थामा भेटिए

विदुर खबर २०८३ असार ९ गते ७:३४

नुवाकोट । नेकपा (एमाले) नुवाकोटका नेता उद्धव खतिवडा झुण्डिएको अवस्थामा फेला परेका छन ।

Advertisement

उनले विदुर नगरपालिका वडा नम्बर १० मा रहेको आफ्नो घरको छेउमा रहेको एउटा पार्टीमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

खतिवडाको आजै अन्त्यष्टि गरिएकाे छ। खतिवडाको श्रीमति र एक छोरा रहेका छन ।

Advertisement

खतिवडाले एमालेको तर्फबाट गत स्थानीय तहको निर्वाचनमा विदुर १० मा वडा अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । एमालेको जिल्ला कमिटी सदस्य भएर काम गरिरहेका खतिवडा पछिल्लो पटक किस्पाङको एउटा वडा इन्चार्जको भूमिकामा रहेका थिए ।

उनको आत्महत्याको कारण भने खुलेको छैन ।

Advertisement

प्रतिक्रिया