नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
नुवाकाेट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ६ खम्बा क्याम्पमा रहेको फेमिली लज एण्ड होटलमा एक युवती झुन्डिएको अवस्थामा फेला परेकी छिन् ।

मंगलबार झुन्डिएको अवस्थामा भेटिएकी ती युवतीलाई तत्काल उपचारका लागि स्वास्थ्य संस्थामा लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक रुकुम पश्चिम निवासी तथा सशस्त्र प्रहरी बलमा कार्यरत रहेको खुलेको छ।

मृतक पश्चिम रूकुमकाे चाैरझारी नगरपालिका वडा नम्बर १० की २४ वर्षिय सिता बुढामगर रहेकाे प्रहरीले जनाएकाे छ । उनी शसस्त्र प्रहरीकाे २० नम्बर गण हेडक्वाटर सिनामंगल दरबन्दी भइ हाल सुरक्षा वेश बलम्बुमा कार्यरत रहेकी थिइन्र ।
प्रहरीका अनुसार उनी आफ्ना साथी वासुदेव थापामगरलाई भेट्न नुवाकोट आएकी थिइन्। घटनापछि शव पोस्टमार्टमका लागि त्रिशुली अस्पताल पठाइएको छ।


वासुदेव थापामगर खम्बा क्याम्पस्थित केन्द्रीय कारागार सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरीतर्फ कार्यरत रहेको बताइएको छ। मृतक ङटनाकाे प्रारम्भिक जानकारीअनुसार उनीहरूबीच प्रेम सम्बन्ध रहेको बताइएकाे छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया