विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा

विदुर खबर २०८३ जेठ २८ गते १६:१२

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ लाई ४० माइक्रोनभन्दा पातलो तथा एकपटक मात्र प्रयोग हुने प्लास्टिकजन्य वस्तु मुक्त वडा घोषणा गरिएको छ ।

Advertisement

विदुर नगरपालिकाको संरक्षकत्वमा वडा नम्बर ५ काे आयोजना,डिभिजन वन कार्यालय नुवाकोट र लामीबगैचा सामाजिक युवा क्लबको समन्वयमा विहिबार एक कार्यक्रम गरि वडा नम्बर ५ लाई प्लाष्टिक मुक्त वडा घोषणा गरिएको हो ।

कार्यक्रममा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले वडालाई प्लाष्टिक मुक्त वडा घोषणा गरेका हुन् । नगरप्रमुख श्रेष्ठले समुदायले दैनिक जीवन ब्यवहारमा प्लाष्टिकको प्रयोगलाइ कम गर्दै जान सकेमात्र प्लाष्टिक मुक्त वडा घोषणाले सार्थकता पाउने बताए ।

Advertisement

कार्यक्रममा विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले वडालाइ नमूना वडाका रुपमा विकास गरी अरु वडालाइ पनि प्रेरणा मिल्ने गरी सन्देश दिनुपर्ने बताइन् । उनले यो अभियानलाई सफल पार्न स्थानीय समुदायको महत्वपूर्ण हात रहनेमा समेत जोड दिइन् ।

कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले स्वच्छ, हरित र व्यवस्थित सहर निर्माणतर्फ आफुहरु अगाडि बढिरहेको बताए । उनले प्लास्टिकजन्य फोहोर नियन्त्रण, हरियाली प्रवद्र्धन, स्वच्छ वातावरण निर्माण तथा नगर उन्मुख पूर्वाधार विकासका कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाइने बताए ।

Advertisement

कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रन्जित, वडा नम्बर ११ का वडाध्यक्ष वावुराम तामाङ, लामीबगैचा सामाजिक युवा क्लबका अध्यक्ष सुजन गजुरेल डिभिजन वन अधिकृत प्रदीपनाथ शर्मा लगायतले सभ्य समाजका लागि स्वच्छ वातावरण र सरसफाइ आवश्यक हुने बताए । उनीहरुले वडालाई प्लाष्टिक मुक्त घोषणा गरेर मात्र नहुने भन्दै स्थानियले प्लाष्टिक कम प्रयोग गर्नुपर्ने, फोहोरको उचित विर्सजन गरेर सफा र स्वच्छ समाज विकास गर्नुपर्ने बताए ।

यस अघि नै विदुर ५ मा प्लाष्टिक मुक्त सरसफाइका लागि फौहोर संकलन गर्न ठाउँ ठाउँमा डष्टविन, प्लाष्टिकको सट्टामा वैकल्पिक झोला समेत वितरण गरि सकिएको छ ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, शिक्षक, विद्यार्थी, सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधिहरुको सहभागी रहेको थियो ।

प्रतिक्रिया