ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न

विदुर खबर २०८३ जेठ २४ गते २१:४२

नुवाकोट । ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

Advertisement

विश्व रक्तदाता दिवस जुन १४ को अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार ब्लड डोनर्स एसोसिएसन जिल्ला शाखा नुवाकोटको आयोजनामा रत्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा १८ जना रत्तदाताहरुले रगतदान गरेको ब्लड डोनर्स एसोसिएसन नुवाकोटका अध्यक्ष ईश्वरप्रसाद ढुङ्गानाले जानकारी दिए ।

Advertisement

त्यस्तै ब्लड डोनर्स एसोसिएसन नुवाकोटले आगामी दिनमा समेत यस्ता रत्तदान कार्यक्रमहरुको आयोजना गर्ने संस्थाका सचिव बादलमान श्रेष्ठले जानकारी दिए ।

रक्तदान कार्यक्रममा रक्तदान कार्यक्रममा नुवाकोट आदर्श बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष तथा ब्लोदानका प्रमुख सल्लाहकार श्रीराम श्रेष्ठ , सल्लाहकारहरु मोतीराम न्यौपाने, सुरेन्द्र मुडवरी, नुवाकोट आदर्श क्याम्पसका क्याम्पस प्रमुख गोविन्द प्रसाद लिम्बू तथा रक्तदाताहरुको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया