नुवाकोटको किम्ताङ हत्या प्रकरण : ६ जना पक्राउ
नुवाकोट । नुवाकोटमा दाजुभाइको हत्या प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

दाजुभाइ हत्याको अनुसन्धानको क्रममा अहिलेसम्म ६ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले पुष्टि गरे ।
‘अनुसन्धानका लागि अहिले हामीले ६ जनालाई पक्राउ गरेका छौं । घटना कसरी भयो, क–कसको संलग्नता थियो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ एसपी रेग्मीले भने ।
नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा बुधबार दुई दाजुभाइको शव फेला परेको थियो । किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङको शव जंगलमा फेला परेको थियो ।
दाजुभाइकै शव किम्ताङ खोलामा ढुंगाले थिचेर लुकाइएको अवस्थामा भेटिएको एसपी रेग्मीले बताए । बुधबार बिहान १० बजे खबर आएपछि खोजतलास गर्दा शव भेटिएको प्रहरीले बताएको छ । घटनास्थल नुवाकोट र धादिङको सीमा क्षेत्रमा पर्छ ।
प्रहरीलाई भने गोली प्रहार गरेर दाजुभाइको हत्या भएको जानकारी आएको थियो । कसरी हत्या भयो भन्नेबारे प्रहरीले केही खुलाएको छैन । ‘पोस्टमार्टम रिपोर्ट आएपछि बल्ल हत्याको कारण खुल्छ,’ एसपी रेग्मीले भने ।
यद्यपि घटनास्थलबाट प्रहरीले खुकुरी समेत बरामद गरेकाले धारिलो हतियार प्रहारबाट हत्या गरिएको आशंका गरिएको छ ।
हत्याको कारण पनि खुलिनसकेको प्रहरीले बताएको छ । आर्थिक लेनदेनका कारण हत्या भएको हुनसक्ने आशंका गरिए पनि यसको पुष्टि हुन बाँकी नै रहेको प्रहरीले बताएको छ ।
परिवारका सदस्यका अनुसार दुवै दाजुभाइ मंगलबार बिहान कुलो बनाउन भन्दै घरबाट निस्केका थिए । त्यसपछि उनीहरू सम्पर्कविहीन भएका थिए ।

घटनास्थल सडकबाट करिब ५ घण्टाको पैदल दुरीमा धादिङको सीमा नजिक पर्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटको किम्ताङ हत्या प्रकरण : ६ जना पक्राउ
नुवाकोटको म्यागङमा गोली प्रहार दुई दाजुभाईको हत्या
प्रगतिशिल माविमा शत प्रतिशत विद्यार्थी उर्तिण
नुवाकाेटको पृथ्वी माविका ९ विद्यार्थीले ल्याए ४ जीपीए
धादिङको बैरेनीमा दुई बस ठोक्किए, १२ जना घाइते





प्रतिक्रिया