नुवाकोटको म्यागङमा गोली प्रहार दुई दाजुभाईको हत्या

विदुर खबर २०८३ वैशाख ३० गते १३:१७
सांकेतिक तश्वीर ।

नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर ४ किम्ताङमा गोली प्रहार गरि दुई दाजुभाईको हत्या भएको छ ।

Advertisement

गाउँमा सामान्य विवाद हुँदा स्थानिय धने तामाङले उनीहरुलाई गोली प्रहार गरेको म्यागङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कमलबहादुर तामाङले जानकारी दिए । गोली प्रहारपछि मृत्यु हुनेमा स्थानिय समराज तामाङ र सुर्यमान तामाङ रहेको बताइएको छ ।

घटना बुधवार विहान १२ बजेपछि भएको वडाध्यक्ष तामाङले बताए ।

Advertisement

घटना लगत्तै प्रहरी घटना स्थल पुगीसकेको । तर उनीहरुलाई गोली प्रहार गर्ने धने तामाङ फरार रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा मृतक दुबै जनाको शव समेत नभेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घटनास्थलमा धारीलो हतियार समेत भेटिएको बताइएको छ । स्थानियले बन्दुकको पड्किएको आवाज सुनेको बताएका छन् ।

Advertisement

प्रतिक्रिया