प्रगतिशिल माविमा शत प्रतिशत विद्यार्थी उर्तिण
नुवाकोट । माध्यमिक शिक्षा परीक्षा -एसईई)को सोमबार प्रकाशित नतिजा अनुसार नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ खड्गभञ्याङमा रहेको प्रगतिशिल माध्यामिक विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।

विदुर नगरपालिकामा रहेका २१ सामुदायिक विद्यालयमध्ये प्रगतिशिल माविले मात्रै शतप्रतिशत विद्यार्थी उर्तिण गराउन सफल भएको हो ।
विद्यालयबाट १६ जनाले परिक्षा दिँदा सबै उत्कृष्ट नतिजासहित उर्तिण भएको विद्यालयका प्रध्यानाअध्यापक कुमार पौडेलले जानकारी दिए । विद्यार्थीहरूको निरन्तर मेहनत, शिक्षकहरूको समर्पण तथा अभिभावकहरूको सहयोगका कारण विद्यालयले उल्लेखनीय नतिजा प्राप्त गर्न सफल भएको पौडेलले बताए ।
यस्तै विदुर नगरपालिकाको केही सामुदायिक विद्यालयको नतिजा भने निराशाजनक रहेको छ । सुलक्ष्णा माविको ३० प्रतिशत मात्र विद्यार्थी उर्तिण भएका छन् भने कालिका मावि गेर्खुका ३३ प्रतिशत मात्र विद्यार्थी उर्तिण भएका छन् ।
यस्तै भैरम माविको ४४ प्रतिशत मात्र विद्यार्थी उत्र्तिण भएका छन् ।
समग्रमा विदुर नगरपालिकामा रहेको सामुदायिक विद्यालयका ८१.४५ प्रतिशत विद्यार्थी उर्तिण भएका छन् जुन देशभर उर्तिण भएकाहरुभन्दा बढी हो ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












प्रगतिशिल माविमा शत प्रतिशत विद्यार्थी उर्तिण
नुवाकाेटको पृथ्वी माविका ९ विद्यार्थीले ल्याए ४ जीपीए
धादिङको बैरेनीमा दुई बस ठोक्किए, १२ जना घाइते
काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण





प्रतिक्रिया