नुवाकोट बारको अध्यक्षमा घिमिरे
विदुर खबर
२०८३ वैशाख २५ गते २२:०४
नुवाकोट । नेपाल बार एशोसिएसन नुवाकाेटकाे अध्यक्षमा उत्तम घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

शुत्रवार विदुरमा भएकाे नुवाकोट बारको १९ औं वार्षिक साधारण सभाले घिमिरेकाे नेतृत्वमा नयाँ कार्यसमिति निर्विराेध निर्वाचित गरेकाे हाे । उपाध्यक्ष नारायणप्रसाद अधिकारी निर्वाचित भएका छन् भने सचिवमा गरिमा पाण्डे, सह-सचिब बासुदेव रिजाल र कोषाध्यक्षमा नवदीप श्रेष्ठ चयन भएका छन् ।
सदस्यहरु सुदनराज कडुवाल,सुकबहादुर तामाङ,सुनिल रिमाल,कुशल दुवाडी,पार्वती लोहनी, सुमन चालिसे रहेका छन् भने केन्दि्य प्रतिनिधिहरूमा कुमार अधिकारी, कृष्णलाल श्रेष्ठ, ओमकुमारी भट्ट र किरणप्रकाश कुइकेल चयन भएकाे निर्वाचन समितिले जनाएकाे छ ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया