तारकेश्वरका शिक्षकहरूकाे पाँच दिने तालिम शुरू
नुवाकोट । तारकेश्वर गाउँपालिकाले शिक्षकहरूका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम शुरु भएको छ ।

शिक्षा शाखाको आयोजनमा भएको तालिमको उद्घाटन गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले उद्घाटन गरेका हुन् । कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष अधिकारीले पाँच दिनमा सिकेको सिपलाई सिकाइ उपलब्धिका रूपमा ग्रहण गर्दै विद्यार्थीहरुको उच्चतम लाभका लागि प्रयोग गर्न आग्रह गरे ।
शैक्षिक सुधारको अभियानमा स्थानीय सरकार सशक्त रूपले लागि परेको बताउँदै अध्यक्ष अधिकारीले गाउँपालिकाका नीति निर्देशनहरुलाई पूर्ण रुपमा पालना गर्दै शैक्षिक गुणस्तर सुधारको यो अभियानमा सबै ढङ्गले समाहित हुन समेत निर्देशन दिए ।

अध्यक्ष अधिकारीले समयानुकूल पाठ्यक्रम र शिक्षण विधिहरूलाई अवलम्बन गर्दै शिक्षकहरूले आफूलाई निरन्तर अपडेट गर्दै, सिक्दै सिकाउँदै लक्ष्य अनुरूपको उपलब्धिलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा गाउँपालिका भित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियोे ।

गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारको अभियान अन्तर्गत शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि सूचना प्रविधि लगायतका विविध विषयमा नियमित तालिम सञ्चालन गर्दै आइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया